सुरक्षित वैदेशिक रोजगारीमा गम्भिर बन्न सरोकारवालाको जोड

0


फागुन ११, कावासोती । सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा स्थानीय अभियानकर्ताहरुको भुमिका अह्म रहेको सरोकारवालाहरुले बताएका छन् । सुरक्षित आप्रवासन परियोजनाको आयोजनामा आप्रवासी स्रोत केन्द्र कावासोती ३ मा भएको छलफलमा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न जिल्ला प्रशासन, स्थानीय पालिका लगायत जिम्मेवार निकाय गम्भिर बन्नुपर्ने समेत बताएका छन् ।
सामी÷हेल्भेटासका प्रदेश संयोजक उमा शर्माले सामाजिक गतिविधिसँगै विभिन्न माध्यमबाट सुरक्षित वैदेशिक रोजगारी स्थापनामा योगदान गर्ने अभियानकर्ताहरुको योगदानको प्रशंसा गर्दै आभार व्यक्त गर्नुभएको थियो । स्वतन्त्र रुपमा अभियानकर्ताहरुको सहयोगले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । सुरक्षित आप्रवासन परियोजनाका संयोजक रितुराम सोतीले निःशुल्क रुपमा सम्भावित कामदरहरुका लागि खुलेका तालिम, रिटर्नीहरुका लागि सीपमुलक तालिम एवं वैदेशिक रोजगारीका सिलसिलामा भएका व्यवस्थाका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले स्थानीय अभियानकर्ताहरुकै कारण समस्यामा परेकाहरुले न्याय पाएको समेत बताउनुभयो ।


सो अवसरमा जिल्लाका अभियानकर्ताहरुले समाजमा आफुले देखेका र भए गरेका समस्या उजागर गर्दै आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताएका थिए । मेलमिलापकर्ता, शिक्षक, पत्रकार लगायत समुदायमा विभिन्न भुमिकामा रहेका उनिहरुले जिम्मेवार निकायको ढिलाईका कारण समस्या वढ्दै गएको बताएका थिए ।
हेल्भेटास, सामी र स्थानीय पालिकासँगको सहकार्यमा हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ अन्तर्गत सुरक्षित आप्रवासन परियोजना जिल्लाका कावासोती, गैँडाकोट, मध्यविन्दु र विनयी त्रिवेणी गरि ४ वटा पालिकामा सञ्चालनमा रहेको आप्रवासी स्रोत केन्द्रका परामर्शदाता रञ्जना लम्सालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply