गैँडाकोटमा ५ दिने उद्घोषण तालिम शुरु

0


फागनु ११, गैँडाकोट । बाग्लुङ गलकोट समाज गैँडाकोटको आयोजनामा आजदेखी गैँडाकोटमा ५ दिने उद्घोषण तालिम शुरु भएको छ । गैँडाकोट २ स्थित समाजको कार्यालयमा शुरु भएको तालिममा बाग्लु∙ गलकोटबाट गैँडाकोटमा बसाईसरि आएका समाजमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको छ ।
समाजका सदस्यहरुको बोल्ने कला, उद्घोषण, भाषण कला तथा क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको समाजका अध्यक्ष छाँयादत्त ढकालले जानकारी दिनुभयो । समाजले गर्ने वृद्धा सम्मान, श्रद्धाञ्जलि लगायतका विभिन्न कार्यक्रममा सहभागि हुँदै गर्दा सघाउ पुगोस भन्ने हिसाबले कार्यक्रम गरिएको बताउनुभयो ।


कार्यक्रमको उद्घाटन गर्दै गैँडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले वार्षिक रुपमा विभिन्न कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्दै समाजका हरेक कुनामा रहेका समस्या उजागर गर्न त्यसलाई सभ्य र सरल रुपमा प्रस्तुत गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । समाजमा घुलमिल हुन र सामाजिक उत्तरदायित्व वहन गर्दै क्षमता वृद्धि गर्न कार्यक्रम फलदायि हुने बताउनुभयो ।
कार्यक्रममा बाग्लुङ गलकोट समाज गैँडाकोटका संस्थापक अध्यक्ष रामसिंह थापा, वरिष्ठ उपाध्यक्ष तोयानाथ घिमिरे, उपाध्यक्ष कमल शर्मा, सल्लाहकार छवि कंडेल लगायत समाजका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण गर्दै समाजका सचिज डिजी गौतमले २०७१ सालमा गठित समाजले सामाजिक क्रियाकलाप गर्दै आएको बताउनुभयो ।
तालिम अवधिभर विजय एफएम १०१.६ का स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका सम्पादक श्रीधर उपाध्याय, सहायक स्टेशन म्यानेजर एवं समाचार सम्पादक प्रेम क्षेत्रीले प्रशिक्षण दिनुहुनेछ । उद्घाटन कार्यक्रम समाजका अध्यक्ष छाँयादत्त ढकालको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply