युरोपिएन युनियनका राजदुतसहितको टोलीद्वारा विजय एफएमको अवलोकन

0


गैँडाकोट, १० फागुन । सोमबार युरोपिएन युनियनका नेपालका लागि राजदुत नोना डिप्रेजसहितको टोलीले विजय एफएम सहित विजय परिवारको अवलोकन गरेको छ । न्यायका लागि साहस २ परियोजनाको सिलसिलामा आएको टोलीले विजय विकास स्रोत केन्द्रमा परियोजनाका बारेमा छलफल समेत गरेको छ ।  युरोपियन युनियनका नेपालका लागि राजदुत नोना डिप्रेजको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक रेडियो विजय एफएमले समुदायमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको छ । विजय एफएमले समुदायका आव।ज उठाउने गरेको महशुस गरेको उहाँको भनाइ थियो ।

युरोपिएन युनियनका नेपालका लागि राजदुत नोना डिप्रेजले कोभिडको कहरकाबीच रेडियोकोे भूमिका बढाउनुपर्ने बताउनुभयो । कोभिडको न्यूनिकरण, स्वास्थ्य सुरक्षा र कोभिड भ्याक्सिनका सन्दर्भमा रेडियोले समाजमा सकरात्मक सन्देशका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो । यसैगरी युरोपिएन युनियनले नागरिक स्वतन्त्रताको भूमिका प्रवर्धनमा निरन्तरता दिने राजदुत डिप्रेजले बताउनुभएको छ । न्याय नपाएका व्यक्तिका कथाहरु रेडियोले सुनाउन र सबैले सुन्न आवश्यक रहेको उहाँको भनाइ थियो । कथाहरु बाहिर आएपछि मात्र न्यायका लागि आवाज उठाउन सहज हुने र सहजता मिल्ने उहाँको भनाइ छ ।  नागरिक समाजका भूमिकाहरु खुम्चिदै गएको सन्दर्भमा विकास साझेदारहरुसंगको छलफललाई अघि बढाइ स्वतन्त्रताका लागि इयु संवेदनशील रहेको बताउनुभयो । उहाँले व्यक्तिगत स्वतन्त्रता, नागरिक समाजको भुमिका बढाउन युरोपियन युनियनले सधँै साथ दिने बताउनुभयो ।


कार्यक्रममा परियोजना र विजय विकास स्रोत केन्द्रको तर्फबाट संस्थाका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले जानकारी गराउनुभएको थियो । सामुदायिक रेडियो विजय एफएमले सकारात्मक सामाजिक परिवर्तनका लागि रेडियो मार्फत र समुदायमा गरेका विभिन्न कार्यक्रमका बारेमा रेडियोका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी गराउनुभएको थियो । राजदुत सहितको इयुको टोलीले सामुदायिक रेडियो विजय एफएम १०१.६ को अवलोकन समेत गरेको छ ।

कार्यक्रममा युरोपेली युनियनका प्रतिनिधि विनेडीक्ट डिपोभेरे, भेरोभिका पाइनियर, न्यायको लागि साहस २ परियोजनाको नेतृत्व संस्था द स्टोरी किचनका कार्यकारी निर्देशक जया लुईंटेल, विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख अधिकृत माधवप्रसाद पौडेल, विजय सामुदायिक शिक्षा सदनका सहायक प्रिन्सिपल रेखा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विजय विकास स्रोत केन्द्रका कोषाध्यक्ष पार्वती कंडेलको अध्यक्षतामा भएको थियो । इयुको आर्थिक सहयोग, द स्टोरी किचनको नेतृत्वमा न्यायका लागि साहस २ परियोजना विजय विकास स्रोत केन्द्रद्धारा सञ्चालनमा रहेको छ ।

 

Share.

Leave A Reply