कम्युनिष्टले निर्वाचन गराउँदैनन्, संविधान रक्षामा काँग्रेस उभिन्छ – काँग्रेस नेता थापा

0


गैँडाकोट, १० फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले बैशाखमा निर्वाचन नहुने बताउनुभयो । सरकार र सडकमा रहेका कम्युनिष्ट पार्टीको निर्वाचन चिन्ह नै तय नभएको अवस्थामा निर्वाचन हुन नसक्ने नेता थापाले बताउनुभयो । नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीले बैशाखमा गराउँछु भन्ने निर्वाचनका लागि तयारी नभइ आगामी निर्वाचनका लागि तयारी गर्नुपर्ने सुझाब कार्यकर्ता सम्बोधनका क्रममा दिएका छन् ।

नेपाली काँग्रेस गैंडाकोट नगरपालिका नगर समितिको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा थापाले नेपाली काँग्रेसले बैशाखको निर्वाचनमा सहभागि भएर मत जित्ने अवस्था अबको नभएर संविधानको रक्षाका लागि उभिएर जनताको मन जित्ने समय भएको बताउनुएको छ । मन जितेपछि मात्र मत जित्न सकिने भएकाले पहिले मन जित्ने काम गर्न आवश्यक रहेको थापाको भनाई छ ।


निर्वाचनको तयारी भनेको पार्टीको संगठनलाई चुस्त राख्ने, जनतासंग जोडिने एकाकार हुने, मुद्धा र एजेण्डा भएकाले त्यसलाई ध्यान दिन आवश्यक पनि रहेको थापाको भनाइ छ । उहाँले पार्टीले लिने अडान र निर्णयले नागरिकले पार्टीलाई छनौट गर्ने भएकाले पार्टी निर्वाचनको तयारीमा लाग्न र एजेण्डा सोहि अनुरुप छनौट गर्न पार्टी संवेदनशील हुनुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply