सहकारी समन्वय मञ्च गैँडाकोटको नयाँ सञ्चालक समिति गठन

0


प्रेम क्षेत्री
गैँडाकोट । सहकारी समन्वय मञ्च गैँडाकोटको नयाँ सञ्चालक समिति गठन गरिएको छ । सर्वसम्मत नयाँ सञ्चालक समिति गठन गर्ने प्रक्रियामा नै रहेका बेला कोरोना भाईरस र त्यसपछि गरिएको लकडाउनका कारण झण्डै २ वर्षपछि सञ्चालक समिति गठन गरिएको हो ।

नव गठित सञ्चालक समितिको अध्यक्षमा विकू बचत तथा ऋण सहकारी संस्थाका प्रेमप्रसाद सापकोटा (राजु) चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा मुकुन्दपुर साकोसका धनेश्वर तिवारी, सचिवमा गैँडाकोट स्वाभिमान साकोसका बाबुराम खनाल, कोषाध्यक्षमा महालक्ष्मी महिला साकोसका कान्तीमाया पुरी, सह सचिवमा छहारी साकोसका देवी अधिकारी चयन हुनुभएको निर्वाचन समित संयोजक खेमराज सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै सदस्यहरुमा अभियान कृषि सहकारीका यदुनाथ सिग्देल, त्रिनेत्र साकोसका नारायण पौडेल, अमरापुरी बहुउदेश्यीय सहकारीका खेमनारायण लम्साल, महिला स्वावलम्बन सहकारीका लक्ष्मी मल्ल ठकुरी, मुना साकोसका रविन्द्र घिमिरे, अमरापुरी मध्यवर्ती साकोसका ऋषीराम कंडेल, भुपु सैनिक साकोसका वेदबन्धु रेग्मी, नमस्ते महिला साकोसका अनिता कंडेल, महिला कल्याणकारी साकोसका हरिदेवी सापकोटा र युग चेतना नारी साकोसका दुर्गादेवी लामिछाने रहनुभएको छ । १७ सदस्यीय सञ्चालक समितिमा बाँकी २ सदस्य नयाँ सञ्चालक समितिले थप गर्ने निर्वाचन समिति संयोजक खेमराज सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा केदारनाथ न्यौपाने, सदस्यहरुमा यमलाल कंडेल र खगराज सापकोटा रहनुभएको छ ।

गैँडाकोट नगरपालिकामा हाल ४० वटा सहकारी रहेका छन् । जसमध्ये ३० वटा स्थानीय तह स्तरका, ६ वटा प्रदेश तह स्तरका र ४ वटा संघीय स्तरका कार्यक्षेत्र रहेका सहकारीहरु रहेका छन् । मञ्चले घुम्ती बैठक बस्दै यहाँका सहकारीको समस्या पहिचान र सम्भावना उजागर गर्दै सबै सहकारीलाई एकतावद्ध गर्दै कार्यगत एकता गर्दै आएको छ ।

Share.

Leave A Reply