नेकपा ओली समूह धोकेबाजहरुको समूह ः गगन थापा

0


फागुन ९, हुप्सेकोट ।
नेपाली कांग्रेसका युवा नेता पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेकपा ओली समूह धोकेबाजहरुको समूह रहेको आरोप लगाउनुभएको छ ।

हुप्सेकोट गाउँपालिकामा भएको आमसभालार्ई सम्बोधन गर्दै उहाँले जनताको मतको अपमान गर्दै संसद विघटन गरेकाले ओली समूह धोकेबाज रहेको आरोप लगाउनुभएको हो । आज यो गलत प्रवृत्तिलाई विरोध गर्न नसके भोली आउने पुस्ताले समेत धिक्कार्ने उहाँको तर्क छ । गाउँमा विकास लिएर जानुपर्ने समयमा जनतालाई चुनावका नाममा ऋण लिएर गाउँ जान खोज्नु गलत भएको थापाको भनाई छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि जनताका समस्या समाधान गर्न नपाएको जनताका समस्या राख्ने ठाउँ पनि नपाएको थापाले बताउनुभयो । सडकमा बसेको नेकपा समूहपनि सदनमा भएजत्तिकै दोषी भएको थापाले बताउनुभएको छ । साथै उहाँले अदालतले अहिले संसद बिघटनको परिक्षण गरिरहेको पनि बताउनुभयो ।

यो संविधानमा संसद बिघटन गर्ने प्रधानमन्त्रिको अधिकार संबिधानमै नभएको जिकिर समेत थापाको छ । अहिले अदालतले न्याय विवेक साहस गरेर गर्नुपर्ने बताउनुभयो ।

अब जनतालाई विश्वास दिलाउँदै नेपाली कांग्रेस अगाडी बढनुपर्ने बताउँदै थापाले संविधानको पक्षमा काँग्रेसले संबिधानलाई बचाउने र हिजोका गल्ती सुधार्दै अगाडी बढनुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply