कुसुमनगर टोल विकास संस्था गैंडाकोट ५ को नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

0


माया कंडेल, फागुन ८
कुसुमनगर टोल विकास संस्था गैंडाकोट ५ को नवनिर्वाचित कार्यसमितिले शनिबार शपथ ग्रहण गरेको छ ।
संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले चयन गरेको कार्यसमितिको अध्यक्षमा मिना शर्मा, उपाध्यक्षमा श्यामसुन्दर भुषाल, सचिवमा कुलबहादुर भुषाल, कोषाध्यक्षमा दुर्गाबहादुर विश्वकर्मा, सहसचिवमा जुना न्युरे, सदस्यहरुमा वालकृष्ण ढकाल, जमुना नेपाली, माधवप्रसाद पौडेल, बिष्णु नेपाली, धनप्रसाद सापकोटा रहनुभएको छ । कार्यक्रममा निर्वाचन समिति संयोजक एवम् गैंडाकोट ५ का वडा सदस्य हरिप्रसाद सापकोटाले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनुभएको थियो ।
यस्तै निर्वतमान अध्यक्ष भुमा थापा मगरले पद हस्तान्तरण गर्दै अवको कार्यकालमा पहिलेको भन्दा अहिलेको समितिले धेरै काम गर्न सफल होस भन्ने शुभकामना दिनुभएको छ ।
अध्यक्ष मिना शर्माले निति, विधि र पद्धति अनुसार सबैसंग सहकार्य गर्दै टोल विकासमा भुमिका खेल्ने बताउनुभएको छ ।
कार्यक्रममा निर्वाचन समिति सदस्य एवम् वडा सदस्य पार्वती सापकोटा, निर्वाचन समिति सदस्यशिव थापा लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply