गैंडाकोटबाट बेपत्ता १४ बर्षीया बालिका भेटिईन्

0


गैँडाकोट, ९ फागुन ।
शुक्रबारदेखी सम्पर्कबिहिन गैँडाकोट ८ करङ्घारी उज्जवल टोलकी १४ वर्षिया पवी परियार (रश्मी) फेला परेकी छन् ।
तनुहुँको दमौलीबाट उनि फेला परेकी हुन् । सडकमा हिंडिरहेको बेला उनलाई फेला पारिएको आमा शान्ती परियारले जानकारी दिनुभयो । छोरीसँग फोनमा कुरा भएको जनाउँदै उहाँले खोजीमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
शुक्रबार बिहान १० बजेको समयमा विद्यालय जानेभनेर निस्किएकी उनि घरबाटै बेपत्ता भएकी थिईन् । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटमा कक्षा ५ मा अध्ययनरत रश्मी बेपत्ता भएपछि परिवारजन हार गुहार गर्दै खोजीका लागि पहल गरिदिन आग्रह गर्दै दौडिरहेका थिए ।
ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले वेपत्ता बालिका फेला परेको जानकारी दिनुभयो । यद्दपी घटनाका विषयमा अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । आवश्यक प्रक्रियापछि उनलाई परिवारको जिम्मा लगाईने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply