मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाको साधारण सभा सम्पन्न

0


पबित्रा पराजुली
गैँडाकोट मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाको २४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदीले गैँडाकोट ११ का कृषक व्यवशायिक रुपमा अगाडी बढेको बताउँदै वडा नम्बर ११ मा मात्र १ सय ७ वडा फर्म दर्ता भई सञ्चालनको अवस्थामा रहेको बताउनुभएको छ । संघर्षबाट नै सफलता मिल्ने भएकाले लाज नमानि काम गर्न सुवेदीले किसानलाई आग्रह गर्नुभएको छ । कृषि क्षेत्रमा धेरै लगानी गर्ने वडा पनि गैँडाकोट ११ रहेको वडा अध्यक्ष सुवेदीको दावी छ ।


संस्थाका अध्यक्ष रुद्रप्रसाद सुवेदीले कृषकहरुलाई थप भुक्तानी बापत ठूलो धनरासी वितरण गरीएको बताउनुभएको छ । अध्यक्ष सुवेदीले संस्थालाई कुन दिशातर्फ लैजाने भन्ने कुरा कृषकको हातमा रहेकाले पनी सबै काम समितिले गर्छ भनेर हात बाधेर नबस्न पनि आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै भेडाबारी सामुदायिक वनका अध्यक्ष गुरुप्रसाद पौडेलले पशुबिमा गर्न सहज भएपनि बिमा अन्तरगत पाउने रमक पाउन भने झन्झट रहेको र यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
गैँडाकोट १३ का वडा अध्यक्ष पदमलाल पौडेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ नवलपुरका अध्यक्ष गोपाल श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष कृष्ण सापकोटा, युवा दुग्ध व्यवशायी प्रेमलाल खरेल, संस्थाका पूर्व उपाध्यक्ष माधव कोइराला, मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष शेषकान्त देवकोटा लगायतले शुभकामना मन्तव्य राख्दै किसानको हितमा काम गर्न आग्रह गर्नुभएको छ ।


कार्यक्रममा सचिव दुर्गाप्रसाद सुवेदीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रेमबहादुर क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष प्रेमप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण संस्थाका व्यवस्थापक रमाकान्त घिमिरेले गर्नुभएको थियो । साधारण सभामा ८ जना ज्येष्ठ नागरिक किसान र २० जना उत्कृष्ट किसानलाई सम्मान गरिएको थियो ।
९ औँ अधिवेशन कार्यक्रमबाट नयाँ नेतृत्व चयन हुँदैछ ।

नवलपुर गैँडाकोटकी १४ वर्षकी बालिका वेपत्ता – YouTube

Share.

Leave A Reply