तनहुँ गैँडाकोट सम्पर्क समाज गठन, अध्यक्षमा खडक पाङमी आले चयन

0


फागुन ८, गैँडाकोट । तनहुँ देखि गैँडाकोटमा आई बसोबास गर्ने तनहँुंङ्गेहरुको भेलाले तनहुँ गैँडकोट सम्पर्क समाज गठनसँगै समितिलाई पूर्णता दिएको छ । शनिबार गैँडाकोटमा भएको भेलाले खड्क पाङ्मी आले मगरको अध्यक्षतामा १३ सदस्यीय तनहुँ गैँडाकोट सम्पर्क समाज गठन गरेको छ । समाजको प्रथम उपाध्यक्षमा उत्रलाल गुरुङ, महिला उपाध्यक्षमा गंगा राई मगर, सचीवमा रोशन मल्ल ठकुरी चयन हुनुभएको छ । यसैगरि कोषाध्यक्षमा सुस्मिता थापा मगर, सहकोषाध्यक्षमा पुर्णिमा थापा मगर र सहसचिवमा सुनिल बिश्वाकर्मा चयन हुनुभएको छ । सदस्यहरुमा प्रमोद मल्ल, हेमराज रानाभाट, डम्बरसिङ ठाडा मगर, हरिमाया राना, आईतसिं गुरुङ, जंगबहादुर थापा र बिरेन्द्रलाल श्रेष्ठ चयन भएका छन ।


आफ्नो पुर्खयौली थातथलो तनहुँ भइ हाल बसाइँसराइको क्रममा वा, रोजगारीको क्रममा गैंडाकोट बस्दै आएकाहरुबीच एक अपसमा सम्बन्ध बिस्तार, भातृत्व, भाईचरा सम्बन्ध कायम गर्दै सामाजिक कार्यमा एकजुट भई लाग्ने उद्देश्यले उक्त सम्पर्क समाज गठन भएको अध्यक्ष आले मगरले बताउनुभयो ।

केही दिन अघिमात्र देवघाट गैँडाकोट सम्पर्क समाज नामबाट स्थापना भएको सो संस्था हाल नाम संशोधन गरि तनहुँ गैँडाकोट सम्पर्क समाज बनाएका हुन् । देवघाट गैंडाकोट सम्पर्क समाज भन्दा दायरा सानो र संकुचित हुने भएकोले भेलाको निर्णय अनुसार नाम संशोधन गरि तनहुँ गैंडाकोट सम्पर्क समाज बनाउनु परेको अध्यक्ष आले मगरले बताउनुभयो ।


समाजले यहि फागुन १४ गते शुक्रबार द फेमली क्याफे एण्ड पार्टी प्यालिस परिसर गैंडाकोटमा एक दिने कछार अर्गानिक खाना महोत्सव गर्दैछ । उक्त महोत्सवमा तनहुँको कछार भेकमा उत्पादित शुद्ध प्राङ्गारिक (अर्गानिक) खाद्य बस्तुको प्रदर्शन र अर्गानिक खाना खुवाउने महोत्सव आयोजक समितिका सदस्य बिरेन्द्रलाल श्रेष्ठले बताउनुभयो ।

(15) नवलपुर गैँडाकोटकी १४ वर्षकी बालिका वेपत्ता – YouTube

Share.

Leave A Reply