सत्ता र स्वार्थका लागि कम्युनिष्टसंग सहकार्य हुँदैन – महामन्त्री डा. शशांक कोइराला

0


विजय एफएम
कावासोती, ७ फागुन । नेपाली कांग्रे्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानको रक्षा गर्नु नै नेपाली काँग्रेसको एकमात्र विकल्प भएको बताएका छन् । संविधानको रक्षार्थका लागि कम्युनिष्टहरुका कुनै पनि पक्षसंग सम्झौता नहुने डा. कोइरालाले बताउनुभयो । ओलीको सर्वसत्तावादका विरुद्ध नेपाली काँग्रेस एक्लै अघि बढ्ने बताउनुभयो । सत्ता र स्वार्थका लागि सडक र सत्तामा रहेका दुबै कम्युनिष्ट पक्षहरुबीच एकता नहुने काँग्रेस महामन्त्री कोइरालाको भनाइ छ ।

नेपाल प्रेस युनियन नवलपरासी बर्दघाट सुस्तापूर्वको आयोजनामा कावासोतीमा सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछाने, प्रदेश सभा सदस्य ओमकला गौतम, संविधान सभा सदस्य महेन्द्रध्वज जिशि, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा लगाएतले प्रजातन्त्रका सेनानी स्व. सूर्यभक्त अधिकारी र उहाँकी धर्मपत्नी पतनादेवी अधिकारीले तत्कालिन समयमा नेपाली काँग्रेसको संगठन विस्तारमा पु¥याएको योगदानको स्मरण गर्नुभएको थियो ।


सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारका संरक्षक एवं नेपाली काँग्रेसका नेता मदनभक्त अधिकारीले नेपाली काँग्रेसको संगठन विस्तारमा सूर्यभक्तको योगदानको मूल्यांकनमा नेपाली काँग्रेसले नैे कम चासो राख्ने गरेको धारणा राख्नुभयो । यस बर्षको सूर्यभक्त पतनादेबी स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेललाई नगद २५ हजार सहित सम्मान गरिएको छ । सम्मानीत पोखरेलले सूर्यभक्त पत्रकारिता पुरस्कारले पत्रकारिताको क्षेत्रमा थप जिम्मेवारी थपेको महशुस गरेको बताउनुभयो ।

 

सम्मानित विपुल पोख्रेलको जीवन अडियोमा सुन्नुहोस्

 


नेपाल प्रेस युनियन नवलपुरका जिल्ला सचिव आशिष रेग्मीले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रेस युनियनका नवलपुरका उपसभापति श्रीधर उपाध्यायले स्वागत मन्तव्य राख्दै देशव्यापी युनियनकर्मीहरुलाई नयाँ प्रविधिले राष्ट्रिय सञ्जालमा जोड्नुपर्ने धारणा राख्नुभएको थियो । कावासोतीमा भएको पुरस्कार वितरण समारोह प्रेस युनियनका जिल्ला सभापति विरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply