जयश्री वनमा नयाँ समिति गठन, अध्यक्षमा टोलनाथ घिमिरे चयन

0


प्रेम क्षेत्री
फागुन ७, गैँडाकोट । श्री जयश्री सामुदायिक वन उपभोक्ता समूहको १८ औँ वार्षिक साधारण सभा तथा छैठौं अधिबेशनबाट सर्वसम्मत नयाँ कार्य समिति चयन गरिएको छ । दलिय सहमतिपछि सर्वसम्मत २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । नव गठित समितिको अध्यक्षमा टोलनाथ घिमिरे चयन हुनुभएको छ । उहाँ वनको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । उहाँको यो तेस्रो कार्यकाल समेत रहेको छ ।
त्यस्तै समितिको उपाध्यक्षमा सुर्यप्रसाद पराजुली, सचिवमा गिताकुमारी दाहाल, कोषाध्यक्षमा मिनबहादुर अधिकारी, सह–सचिवमा बुद्धिसागर अधिकारी, सह–कोषाध्यक्षमा पार्वती ढकाल चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा देवीप्रसाद न्यौपाने, निर्मलराज रिमाल, डिल्लीराज वन सन्यासी, भोजकुमारी पौडेल रिमाल, काशीराम गौतम, सुवनप्रसाद ढकाल, लक्ष्मी कमली, श्रीकृष्ण रिमाल, एकदेव घिमिरे, ईश्वरी खत्री, अर्जुन पोखरेल, रेनु श्रेष्ठ, सम्झना गौतम, धनमाया परियार र भवानी शंकर सापकोटा चयन हुनुभएको निर्वाचन समितिका संयोजक ओमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।


त्यसैगरि लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा विष्णुप्रसाद सापकोटा र सदस्यहरुमा ओमबहादुर पुन र प्रजनबहादुर गुरुङ चयन हुनुभएको छ ।

नयाँ समिति गठनका लागि सहमतिका लागि ६ गतेसम्मको समय दिईएको थियो । शुक्रबार भएको निर्वाचन पक्रियामा उनिहरुको मात्र उम्मेदवारीका लागि निवेदन परेपछि समिति गठन गरिएको निर्वाचन समितिका संयोजक सापकोटाले जानकारी दिनुभयो । निर्वाचन समिति सदस्यमा बलराम चालिसे, खड्कबहादुर कमाल, कानुनी सल्लाहकारमा कृष्ण पराजुली र निर्वाचन सचिवालयका लागि कार्यालय सचिव बालकृष्ण काप्री आमन्त्रित सदस्यका रुपमा रहेका थिए ।


नव निर्वाचित कार्य समितिले शुक्रबार नै सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण पछि कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष टोलनाथ घिमिरेले वनको संरक्षण र विकासमा वर्षौदेखी लागिरहेको बताउँदै वनको दिगो विकासका लागि लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । निर्वाचन समिति संयोजक ओमप्रसाद सापकोटाले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै नयाँ कार्य समितिलाई नीति र विधि अनुसार काम गर्न आग्रह गर्नुभयो । नयाँ कार्य समितिलाई पद हस्तान्तरण भने १० गते सोमबार बिहान ११ बजे गर्ने कार्यक्रम तय गरिएको छ । यसअघि गत पुस २५ गते समूहको १८ औं साधारण सभा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply