झण्डै एकवर्षपछि मतदान, मुकुन्दपुर खानेपानी संस्थामा मतगणना शुरु

0


प्रेम क्षेत्री,

फागुन ५, गैँडाकोट । झण्डै एकवर्षपछि नयाँ नेतृत्व चयनका लागि मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा आज भएको मतदानपछि अहिले मतगणना शुरु हुँदै छ । संस्था परिसरमा नै रहेको भवनमा अहिले मतगणनाको तयारी शुरु हुँदै छ । सो स्थानमा मतपत्रको सुरक्षाका लागि जाली समेत लगाईएको छ । २ वटा बाकस खोलेर मतपत्र मिलाउने क्रम शुरु भईसकेको गैँडाकोट नगरपालिकाका प्रशासकिय अधिकृत, सूचना अधिकारी एवं निर्वाचन समितिका संयोजक लीलाधर शर्माले जानकारी दिनुभयो । २ स्थलमा मतगणना हुने समेत उहाँले जानकारी दिनुभयो । केहीबेरमा नै उम्मेदवारले प्राप्त गरेको मत छुट्याई गणना गरिने उहाँले जानकारी दिनुभयो ।
आज भएको मतदानमा ७५.२१ प्रतिशत मत खसेको हो । अपरान्ह ४ बजेसम्म भएको मतदानमा २४ सय २२ मत खसेको निर्वाचन समितिका संयोजक लीलाधर शर्माले जानकारी दिनुभयो । साविक मुकुन्दपुर गाविस क्षेत्रका ३२ सय २० उपभोक्ता सदस्य मतदाता रहेपनि २४२२ मतदाताले मत दिएका छन् । बिहान ७ बजेपछि शुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चलेको थियो । संस्थाको प्राङ्गणमा ६ वटा बुथबाट ४ वटा बाकसमा उपभोक्ताले मत खसालेका हुन् ।
सम्पूर्णको सहयोगमा शान्तीपूर्ण रुपमा नै मतदान भएको उहाँले जानकारी दिनुभयो । निर्वाचन प्रक्रिया २०७६ फागुन ३० गते सम्पन्न हुनुपर्नेमा कोरोना भाईरस संक्रमणको त्रास र लकडाउनका कारण झण्डै एकवर्षपछि मतदान भएको हो ।
संस्थाको छैटौँ अधिवेशनले सहमतिमा कार्यसमिति चयन गर्न नसकेपछि मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा दलहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएपछि आज मतदानमार्फत नयाँ समिति चयन गर्न लागिएको हो । नयाँ नेतृत्वका लागि नेपाली कांग्र्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक गठबन्धन)ले संयुक्त उम्मेदवार खडा गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा पार्टी (बाम प्रगतिशिल समूह) ले पनि संयुक्त उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक प्यानलतर्फ अध्यक्षमा शेषकान्त देवकोटा, उपाध्यक्षमा चन्द्रदत्त जैसी, सचिवमा सोमबहादुर भण्डारी क्षेत्री, कोषाध्यक्षमा रोहिणी सदाशंकर सुनार, महिला सदस्यमा इन्दिरा महतो र पञ्चु माया चितौरे, सदस्यमा दुर्गादत्त कँडेल, प्रेमलाल खरेल र बुद्धि प्रसाद न्यूरेको उम्मेदवारी रहेको छ ।
त्यस्तै बाम प्रगतिशिल प्यानलतर्फ अध्यक्षमा माधवप्रसाद कोइराला, उपाध्यक्षमा खड्कबहादुर क्षेत्री, सचिवमा विनोदकुमार श्रेष्ठ, कोषाध्यक्षमा चेतना अर्याल आचार्य, महिला सदस्यहरुमा पवित्रा सुवेदी, शान्ति भण्डारी, सदस्यहरुमा ऋषिराम कँडेल, प्रकाश भुसाल र महेशकुमार श्रेष्ठको उम्मेदवारी रहेको छ ।

Share.

Leave A Reply