लोकगायक ढाकाराम पौडेलको मुला टमाटर लोक गीत सार्वजनिक

0


हरि सुवेदी

गैंडाकोट, फागुन
लोकगायक ढाकाराम पौडेलको मुला टमाटर लोक गीत सार्वजनिक भएको छ ।

गीत संगीतमा उदयमान गायकका रुपमा रहेका पौडेलले यहि फागुन ३ गते ढाकाराम पौडेल नामक युट्युव च्यानलबाट सार्वजनिक गर्नुभएको हो । मलेवा चरि लोकगीतले चर्चा कमाएपछि उहाँले यो गीत सार्वजनिक गरेको बताउनुभएको छ । गीतमा शब्द लोकगायक ढाकाराम पौडेलको रहेको छ , गीतमा लय राजेन्द्र कंडेलको छ  भने स्वर १२ बर्षीय गायीका ममता कुमाल, दिक्षा सुनार, ढाकाराम पौडेल र राजेन्द्र कंडेलको रहेको छ ।

भिडियो निर्देशन कमल परियारले गर्नुभएको हो भने गीतमा मोडलका रुपमा नारायणी खत्री, वविन ठकुरी, सरद यल जि, बिक्रम नेपाली, जोन वम रहेका छन ।

 

Share.

Leave A Reply