अपडेट : ५१ प्रतिशत मत खस्यो, मतदान जारी

0


प्रेम क्षेत्री,
फागुन ५, गैँडाकोट । नयाँ नेतृत्व चयनका लागि मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा जारी मतदानमा ५१ प्रतिशत मत खसिसकेको छ ।
मध्यान्ह १२ः३० बजेसम्म ५१ प्रतिशत मत खसेको हो । हालसम्म १६५१ मत खसिसकेको निर्वाचन समितिका संयोजक लीलाधर शर्माले जानकारी दिनुभयो । अहिले पनि मतदान चलिरहेको छ । संस्थाको छैटौँ अधिवेशनले सहमतिमा कार्यसमिति चयन गर्न नसकेपछि खानेपानी संस्थामा आज मतदानमार्फत नयाँ समिति चयन गर्न लागिएको हो । मतदान शान्तीपूर्ण रुपमा नै भईरहेको उहाँले जानकारी दिनुभयो ।
संस्थाको प्राङ्गणमा ६ वटा मतदान स्थलमार्फत मतदान भईरहेको छ । ४ वटा बाकसमा उपभोक्ताले मत खसाली रहेका छन् । मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा ३२ सय २० मतदाता रहेका छन् ।

Share.

Leave A Reply