महिलाहरुको सामूहिक खेती उदाहरणको एउटा नमुना, बेसार खेतीबाट चौगुना आम्दानी

0


पवित्रा पराजुली
गैँडाकोट । गैँडाकोट ५ का महिला दिदीबहिनीहरुलाई फुर्सद भइयो भन्ने छैन । समयको सदुपयोग गर्न खप्पिस उनीहरु समयको तारतम्य मिलाइहाल्छन् र समूहमा जुटिहाल्छन् । अहिले उनीहरु गत वर्षामा लगाएको बेसार काट्ने र बेच्ने चटारोमा छन् ।
समूहमा गरेको खेतीले चौगुना फाइदा दिइसक्यो र पनि रसमा लागिरहेका छन् । दैनिक भान्सामा प्रयोग हुने बेसार र यस्को आवश्यकताबारे जानकार उनीहरु व्यावसायिक रुपमा गर्ने हो भने आम्दानी गर्न सकिन्छ भन्ने बुझेपछि सामूहिक रुपमा बेसार खेती गरेको समूहकी सदस्य निर्मला घिमिरे बताइन् । उनले भनिन् –“कोभिड १९ को समयमा हामीले अझै धेरै बेसारको महŒव बुभ्mयौँ अनि समूहमा मिलेर व्यावसायिक रुपमा बेसार खेती सुरु गरेको हौँ ।”
१९ जनाको समूह बनाएर पूर्ण टोल महिला समूह गठन गरी सुरु गरेको खेतीले नामजस्तै पूर्णता पाएको छ । भाडामा लिएको करिब ३ कठ्ठा जग्गामा लगाएको बेसारले राम्रो फल दियो । महिला दिदीबहिनीले गरेको मेहनतका फल भनेको ७ क्विन्टलभन्दा बढी उत्पादन रह्यो । आम्दानी राम्रो, खेती गर्न सजिलो र बजारको समस्या नभएकाले पनि सहज भएको उनले बताइन् ।
१९ जना सदस्यले वर्षभरि घरमा आवश्यक बेसार राखेर बिक्रि गरेका छन् । करिब ८ हजारको लगानीमा गरेको बेसार खेतीले २२ हजार अम्दानी दियो । बीउसमेत राखेर ५ क्विन्टल ठोडा बिक्रि गरेको र बाँकी २ क्विन्टल धुलो बनाएर बिक्री गर्ने तयारीमा रहेको अर्की सदस्य मिना खनालको भनाइ छ ।
खनाल भन्छिन् –“बेसरा खेतीले राम्रो आम्दानी दियो । मागपनी निकै धेरै आएकाले अझै मागअनुसारको बेसार पुराउन सकेका छैनौँ । अर्को वर्ष अझै धेरै ठाउँमा लगाउने तयारीमा छौँ ।”


बिहानबेलुका घरको काम सकेर समूहमा काम गर्दा एकातर्फ सीपको विकास भएको छ भने अर्कातर्फ महिला आर्थिक रुपमा पनि सबल बन्दै गएका छन् । थोरै खर्चका लागि पनि श्रीमान्को भर पर्ने गरेका महिलाहरु अहिले आर्थीक रुपमा बलियो बनाएको अर्की सदस्य कृष्णकुमारी भुसालले बताइन् । उनले भनिन् – “समूहमा काम गर्दा सजिलो पनि भएको छ । यसबाट आम्दानी पनि भएको छ । जसले गर्दा व्यक्तिगत खर्चको लागि घरपरिवारसँग हात थाप्नु परेको छैन । पहिले एउटा टीका किन्न पनि श्रीमान्को भर पर्नुपथ्र्यो तर अहिले त्यस्तो छैन ।”
२ वर्षअघि महिला समूह गठन गरेका दिदीबहिनीहरु स्थानीय सरकारबाट आपूmहरुको सीप विकास हुने तालीमको अपेक्षा गरेका छन् । सदस्य गीतादेवी शर्माले वडाले पनि सहयोग गरिरहेको बताइन् । आगामी दिनमा पनि विभिन्न प्रकारका तालिम र अनुदान सहयोग गरे अझै सहज हुने उनको तर्क छ ।”
उनीहरुको कार्यमा वडा कार्यालय पनि सारथी बनेको छ । महिलाको सीप विकास र उनीहरुलाई आर्थिक रुपमा सबल बनाउन वडाले कार्यक्रम सञ्चालन गर्दै आएको गैँडाकोट ५ का वडा अध्यक्ष नवराज कँडेलले बताए ।
गैँडाकोट ५ का महिलाहरुले बेसार खेतीबाट उत्पादन र आम्दानी मात्रै होइन सामूहिक रुपमा गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएका छन् । तीनै तहका सरकारको ध्यान अब बाँझो रहेको खेतबारीको सदुपयोग पनि हुने, आम्दानी पनि हुने र महिला सशक्तीकरणका लागि प्रोत्साहनका कार्यक्रम तय गर्न सके फलदायी हुने उनीहरुको तर्क छ ।
खाली समयलाई सदुपयोग गर्दै आम्दानीको स्रोत बढाउन गैँडाकोट नगरपालिका वडा नम्बर ५ का महिलाहरु सामूहिक रुपमा कृषि कार्यमा लागेका हुन् । १९ जनाको समूह बनाएर बेसार खेती गरेका महिलाहरुले यसबाट चौगुना आम्दानी गर्नसमेत सफल भएका छन् ।

Share.

Leave A Reply