गैँडाकोटमा किसान ग्यालरी एवम् सामुहिक चित्रकला प्रदर्शनी ‘संयोजन’ को उद्घाटन

0


गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको रजत वर्षको अवसरमा किसान ग्यालरीको उद्घाटन गरेको छ । सहज सेवा केन्द्र परिसर गैँडाकोट ४ मा किसान ग्यालरीको उद्घाटन गर्दै सामुहिक चित्रकला प्रदर्शनी ‘संयोजन’ को उद्घाटन गरेको हो । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कूलपति कान्छा कुमार कर्मचार्यले किसान ग्यालरी एवम् सामुहिक चित्रकला प्रदर्शनी ‘संयोजन’ को उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले सहकारीको माध्यमबाट चित्रकला प्रर्दशनी हुनु खुसीको कुरा रहेको बताउनुभयो । कार्यक्रममा किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीहरी चालिसेले समुदायमा सकरात्मक प्रभाव पार्ने विभिन्न चित्र प्रदर्शनीमा राखिएको बताउनुभयो । चित्र बिक्रिको व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो । विभिन्न संस्थाहरुले निर्माण गरेको चित्रहरु राखिएका छन् । फागुन १३ गतेसम्म प्रदर्शनी हुने संस्थाका सचिव अनिल सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक माधवप्रसाद गौतम, संस्थाका पूर्व अध्यक्ष एवं राष्ट्रिय सहकारी बैंक कावासोती शाखाका संयोजक तिलक पराजुली, निवर्तमान अध्यक्ष गोपालप्रसाद गौतम, ललित कला प्रतिष्ठान, मूर्तिकला बिभागका प्रमुख लालकाजी लामा लगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply