मौलाकालिका सिंढिमार्गमा रहेका ढुङ्गाहरुमा आर्कषक मूर्ती बनाईदै

0


फागुन ४, गैँडाकोट । धार्मीक पर्यटकिय स्थलको पहिचान बनाउँदै अघि वढेको प्रसिद्ध तिर्थस्थल मौलाकालिका मन्दिर जाने सिंढिमार्गमा रहेका ढुङ्गाहरुमा आर्कषक मूर्तीहरु बनाउने कार्य शुरु भएको छ । सो कार्यका लागि आस्था राष्ट्रिय मूर्तिकला कार्यशाला शुभारम्भ भएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग र गैँडाकोट नगरपालिकाको आयोजनामा मौलाकालिका मन्दिर जाने सिँढिमार्गमा शो कार्यशाला शुरु भएको हो ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कूलपति कान्छा कुमार कर्मचार्यले ढुङ्गामा आकृति कोरेर कार्यशालाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले मौलाकालिकाको मौलिक अस्तित्वलाई ध्यानमा राखेर मूर्तिहरु निर्माण गरिने भएकाले त्यसले यहाँको धार्मीक पर्यटनको सौन्दर्यतामा बृद्धि हुने बताउनुभयो ।

ललित कला प्रतिष्ठान, मूर्तिकला बिभागका प्रमुख लालकाजी लामाले मन्दिर जाने बाटोमा भएका ढुंगाहरुमा थप सामग्रिहरुको प्रयोग नगरिने र यहीँ उपलब्ध भएका ढुंगाहरुमा मूर्तिकारहरुले स्वतन्त्रपूर्वक मूर्ति बनाउने जानकारी दिनुभयो ।
समारोहको अध्यक्ष तथा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले मन्दिर जाने पदमार्गमा गरिने अन्य सुधार र बिकासका काममा अन्य नीजि, सरकारी तथा विभिन्न संघ संगठनहरुले पनि सहयोग गर्नेमा आपूm विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका पूर्व डि आई जी तथा समितिका प्रमुख सल्लाहकार ज्ञानेन्द्र विक्रम महत, गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भूसाल, गैँडाकोट वडा नं १ का वडा अध्यक्ष हरिप्रसाद सापकोट लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यस कार्यले मौलाकालिकाको महत्त्व अझै वढ्दै जाने विश्वास व्यक्त गरेका थिए ।
ललितकला प्रतिष्ठानका १५ जना मूर्तिकारहरुले आगामी १५ दिनमा काम सक्नेगरि मंगलबारदेखि काम सुरु गरेका हुन् । सो काम सम्पन्न हुँदासम्म रु २५ लाख लागत लाग्ने बताईएको छ । गैंडाकोट नगरपालिका वडा नं. १, मौलाकालि सामुदायिक वन उपभोक्ता समुह, गैंडाकोट, देवघाट क्षेत्र विकास समिति, देवघाट तनहुँ, हामी कलाकार वडा नं. ५ र कलावती आर्ट काउन्सिल गैँडाकोट ५ को सहयोगमा सो कार्य अघि वढेको छ । समारोहमा मौलाकालिका वन उपभोक्ता समुहका अध्यक्ष काशीनाथ कँडेल, प्रा. डा. नारायण प्रसाद खनाल र डि. आर पोखरेल लगायतको सहभागिता रहेको थियो । समितिका उपाध्यक्ष खगराज कँडेलले स्वागत मन्तब्य राख्नुभएको सो समारोह सचिव सुरेन्द्र रेग्मीले सहजिकरण गर्नुभएको थियो ।

भूमिलाल पौडेलको सहयोगमा

Share.

Leave A Reply