गैँडाकोट ४ मा आधारभुत स्वास्थ्य इकाई भवनको उद्घाटन

0


गोमा शर्मा
फागुन ४, गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ४ को आधारभुत स्वास्थ्य इकाई भवन उद्घाटन सँगै सेवा शुभारम्भ भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले नगरका हरेक वडामा आधारभुत स्वास्थ्य इकाई भवनको उद्घाटन तथा विद्यालयमा नर्स कार्यक्रम लगायतका स्वास्थ्य कार्यक्रममा गण्डकी प्रदेशकै उत्कृष्ट पालिकाको रुपमा रहेको बताउनुभयो ।


विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कंडेलले आधारभुत स्वास्थ्य इकाईबाट प्रदान गरिने सेवाले नागरिकलाई सहज हुने भन्दै स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष गैँडाकोट ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले आधारभुत स्वास्थ्य इकाईबाट प्रदान गरिने सेवाका विषयमा जानकारी गराउँदै वडाका व्यवस्थित र प्रभावकारी सेवा प्रदान गरिने बताउनुभयो ।
गैँडाकोट वडा नम्बर ४ का कार्यपालिका सदस्य संगिता घिमिरेल स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण वडा नम्बर ४ का वडा सदस्य तेजप्रसाद घिमिरेले गर्नुभएको थियो ।

Share.

Leave A Reply