संगम अविरत सहकारीको कार्यालय उद्घाटन

0


हरि सुवेदी
फागुन ४, गैँडाकोट । संगम अविरत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै भवन गैँडाकोट ६ बाट सेवा शुभारम्भ गरेको छ ।

नवनिर्मित केन्द्रीय कार्यालयको मंगलबार गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले रिबन काटेर समुद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले उत्पादनमुखी क्षेत्रमा लागनी गरि सदस्यलाई आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।


त्यस्तै गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा र गैँडाकोट नगरपालिकाका सहकारी प्रमुख देवेन्द्रराज गौतमले शुभकामना मन्तव्य व्यक्त गर्दै सदस्यमैत्री सहज सेवा दिन आग्रह गर्नुभएको थियो । संस्थाले मंगलबार बाटनै नवनिर्मित भवनबाट सेवा सुरु गरेको संस्थाका व्यवस्थापक गोविन्दप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
संस्थाका उपाध्यक्ष जयकृष्ण सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम संस्थाका अध्यक्ष केदारनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव कृष्ण पौडेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply