दुध तथा दुग्धजन्य पदार्थ बिक्री उपकेन्द्रको शुभारम्भ

0


रुपा गिरी
फागुन ४, गैँडाकोट । गैँडाकोट ८ स्थित गैँडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेडले गैँडाकोट ५ काँग्रेसचोकको दक्षिणतर्फ बिक्री उपकेन्द्रको शुभारम्भ गरेको छ ।
मंगलबार कार्यक्रमका प्रमुख अतिथि समाजसेवी मदनभक्त अधिकारीले बिक्रि सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले कृषिलाई प्रवद्र्धन गर्दै स्वच्छ र शुद्ध दुग्ध जन्य पदार्थ बिक्रि गर्दै सदस्यलाई आत्मनिर्भर र व्यवसायी गराउने गरि कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।


गैँडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारीका अध्यक्ष खगराज सापकोटाले उपभोक्ताहरुको सेवा र सुविधाहरुलाई मध्यनजर गर्दै दुध तथा दुग्धजन्य पदार्थ बिक्री उपकेन्द्रको शुभारम्भ गरिएको जानकारी दिनुभयो । उहाँले यहाँको किसानहरुले उत्पादन गरेको स्वच्छ र मिसावट रहित दुध र दुग्धजन्य पदार्थ स्थानीय स्तरमा नै उपभोग गर्ने वातावरण गराईएको बताउनुभयो ।
सो अवसरमा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष केशवप्रसाद सापकोटा, वरिष्ठ उपाध्यक्ष तिलक पराजुली, जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष माधवप्रसाद गौतम, समाजसेवी शक्तिप्रसाद सापकोटा, गैँडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा लगायत शुभकामना व्यक्त गर्दै संस्थाको प्रगतिको कामना गर्नुभएको थियो । संस्थाका सचिव सूर्यप्रसाद पराजुलीले बिक्री उपकेन्द्र शुभारम्भ कार्यक्रमको सहजिकरण गर्दै सेवा लिन आग्रह गनुभएको थियो ।

Share.

Leave A Reply