आज सरस्वती पूजा,बिद्याकी देवी सरस्वतिको पुजा आराधना गरिदै

0


फागुन ४, गैंडाकोट
आज श्रीपंचमी अर्थात् सरस्वती पुजा । बिद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी देशभर श्रीपंचमी मनाइदै छ । आज कोे दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिईने गरेको श्री हरिहर सन्यास आश्रम परमानन्द संस्कृत गुरुकुल विद्यापिठका सहप्राचार्य अर्जुन पाण्डेयले बताउनुभएको छ ।
विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै आज देशभर सरस्वती पूजा मनाइँदै छ । हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गर्छन् ।
यो दिन बालबालिकालाई अक्षरारम्भ गराए शुभ हुने हुने र सरस्वती पुजाको दिन बालबालिकालाई अक्षराम्भ गराउदा अ , उ र म अक्षर सिकाउन पर्ने पाण्डेले बताउनुभएको छ ।
विशेषगरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कलासाधनाका उपादानहरु कापी–कलम, वाद्यययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन ।
देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रर्थना गर्न आज बिहानै देखि भीड लाग्ने गर्छ । सूर्य उत्तर तिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजको दिनलाई वसन्त पंचमी पनि भन्ने गरिन्छ ।
आज बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक–कान छेड्ने गरिन्छ ।
सरस्वती पुजाको बिशेषन अवसरमा विजय एफएमले बिभिन्न बिद्यालयबाट प्रत्यक्ष प्रशारण गर्ने भएको एफएमका सहायक स्टेशन म्यानेजर एवं कार्यक्रम संयोजक प्रेम क्षेत्रीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply