प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको आज देशव्यापी प्रदर्शन गर्ने

0

नवलपुर,३ माघ
७७ वटै जिल्ला कार्य समितिहरूले जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने भएको हो।
कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादतर्फ उन्मुख कदमको रूपमा टिप्पणी गरेको छ।

काठमाडौं।

नेपाली कांग्रेसले देशव्यापी रूपमा प्रतिनिधिसभा विघटनविरुद्ध आज प्रदर्शन गर्दै छ। ७७ वटै जिल्ला कार्य समितिहरूले जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने भएको हो।

प्रदर्शनपछि विरोधसभा आयोजना गरिने जनाइएको छ। प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादतर्फ उन्मुख कदमको रूपमा कांग्रेसले टिप्पणी गरिसकेको छ।

त्यसपछि आन्दोलित भएको कांग्रेसले यसअघि माघको २४ गते प्रतिनिधिसभा विघटनविरुद्ध शुभेच्छुक संस्थाहरू र माघको १९ गते १३ वटा भातृ संगठनहरूले देशव्यापी रूपमा प्रदर्शन र विरोधसभा गरिसकेको छ।

पुसको १३ गते एक सय ६५ वटा संघीय निर्वाचन क्षेत्रमा, पुस २५ गते तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा, माघ ३ गते सात सय ५३ स्थानीय तहमा र माघ ८ गते छ हजार सात सय ४३ वडामा विरोध प्रदर्शन र सभा पनि गरेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को आन्तरिक किचलोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुसको ५ गते मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति भण्डारीलाई सिफारिस गरेका थिए।

सोही दिन राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि बैशाखको १७ र २७ गते गरी दुई चरणको निर्वाचन घोषणा गरेकी थिइन्।

Share.

Leave A Reply