सुर्यभक्त पतनादेवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पोख्रेललाई प्रदान गरिने

0

फागुन , गैँडाकोट ।
नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललाई प्रदान गरिने भएको छ ।

युनियनको आईतबार कावासोतीमा सम्पन्न बैठकले पोख्रेललाई पुरस्कर दिने निर्णय गरेको प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताए । पच्चिस हजार रुपैया पुरस्कार राशी रहेको सो पुरस्कार यहि फागुन ७ गते एक भब्य समारोहका बिच प्रदान गरिने युनियनका जिल्ला सचिब एबम् प्रबक्ता आशिष रेग्मी ले जानकारी दिए । पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्न नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशांक कोईराला लगायतका केन्द्रिय नेता एवं प्रेस युनियनका केन्द्रिय पदाधिकारी कावासोती आउने प्रेस युनियन नवलपुरका सचीव एवं प्रवक्ता रेग्मीले बताए ।

प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतना देवि अधिकारी को स्मृतिमा मृत्युपर्यन्त उनका छोरा काङ्ग्रेस महासमिति सदस्य मदनभक्त अधिकारीले सो पुरस्कारको स्थापना गरेका थिए ।

Share.

Leave A Reply