२५ जना बालबालीकाको भबिष्य एक्लो शिक्षकको हातमा

0


पबित्रा पराजुली
गैँडाकोट नगरपालिका वडा नम्बर ३ मा रहेको जुना प्रारम्भिक आधारभुत बिद्यालयमा एक जना मात्रै शिक्षिका हुँदा समस्या भएको छ । २५ जना बालबालिकालाई उहाँ एक्लैले हेरचाहा देखि पठनपाठन समेत गराउनुपर्दा पढाईनै प्रभावित बनेको छ । धेरै बालबालीका पहिलो पटक बिद्यालय आएकाले पनी उहाँ पढाई कम र सरसफाईमा ज्यादा समय व्यतित हुनुहुन्छ
वर्षौको पहलपछि गैँडाकोट ३ भुजेल गाँउमा बल्ल तल्ल आएको विद्यालयमा एक्लो शिक्षक हुनुहुन्छ, पूर्णमाया भुजेल ।जुना प्रारम्भिक आधारभुत बिद्यालयमा उहाँले बालबालिकालाई पढाई कम र सरसफाईमा ज्यादा समय व्यतित गर्नु परेको छ । यो पनि एउटा सिकाई हो । शिक्षक भुजेल भन्नुहुन्छ ।
“यि बिद्यार्थीको कपाल काट्ने कपडा मिलाईदिने मेरो दैनीकी नै हो । बिद्यालयमा जस्तो पनी भएर आउछन् सरसफाई कसरी गर्ने भन्ने पनी थाहा छैन् ”


अध्यापनसँगै स–साना बालबालीकाको कपाल काट्ने र सरसफाई गर्ने भुजेलको दैनिकी जस्तै बनेको छ । २५ जना बालबालीकालाई उहाँ एक्लै पढाउनुहुन्छ । बिद्यार्थीलाई पढाउन भन्दा पनी बिद्यार्थीलाई कसरी बिद्यालय आउने वातावरण बनाउन सकिन्छ भन्ने कुरामा वढि उहाँको जोड छ । विद्यालयमा पहिलो पटक त्यो पनि एकैपटक धेरै बालबालिका आएका छन् । उनीहरुलाई न पढ्न आउँछ न त लेख्न नै । आर्थिक अवस्था कमजोर र बिद्यालय टाढा भएका कारण यसअघि उनिहरु बिद्यालय गएका थिएनन । बालबालिकालाई बिद्यालयसम्म ल्याउन भुजेल एक्लैले घरदैलोमा पुगेर अभिभावकसँग अनुनय गर्नुपरेको छ ।


उहाँले आफ्नै खर्चमा कपी, कलम, अनी झोला खरिद गरि बिद्यार्थीलाई दिनुभएको छ । उहाँको मनमा एउटै धोको छ, विद्यालयको पहुँचबाट वञ्चित गाउँका बालबालिकालाई विद्यालय पु¥याउने । व्यक्तिगत खर्च गर्दा घरमा समस्या छ नै । तर उहाँले घर परिवारलाई मनाउँदै अरुको कुनै प्रवाह नगरि अघि वढ्नुभएको छ । स–साना यी बालबालिकाको भबिष्यले पिरोल्ने बताउने उहाँलाई बालबालिकाको भविष्यको चिन्ताले सबै कुरा बिर्साएको छ ।
बिद्यालयले शिक्षण कार्यमा खटाए वापत तलबी सेवा सुविधा दिएको छैन । पारिश्रमिक विना नै खटिनुभएका उहाँलाई तलबको चिन्ता छैन । बालबालिका अहिले पढ्न र लेख्न जान्ने भएका छन् । बिद्याल आउने बानी लागेको छ । भुजेललाई यही कुराले खुशी दिएको छ ।
विद्यालयव्यवस्थापनको बिषय स्थानीय सरकारको क्षेत्रमा पर्दछ । यो विद्यालय लाइ थप व्यवस्थित बनाउन र अन्यकर्मचारी थप्नको लागि गैँडाकोट नगरपालिकामा आएर माग राखेमा नगरपालिकाले सहयोग गर्ने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बालकृष्ण चापागाइको भनाई छ ।
बालबालिकालाइ पढ्न, लेख्नजान्ने बनाइउच्चशिक्षा सम्महासिल गरेको हेर्ने धोको पूर्णमायाको छ । यसको लागि स्थानीय सरकारले सघाए अझ सजिलो हुने उहाँ बताउनुहुन्छ ।दाताको सहयोगमा विद्यालय स्थापना भएपनि यहाँको व्यवस्थापन अझै हुन सकेको छैन । गाउँमा बरालिएका बालबालिका विद्यालय जाने वातावरण बनेको छ । विद्यालयमा उनिहरुलाई टिकाई राख्न, शिक्षाको बाटो डो¥याउन पनि व्यवस्थापन कार्यमा वडा तथा नगरपालिकाले ध्यान दिनैपर्छ ।

Share.

Leave A Reply