डा. मतिप्रसाद ढकालको १३ औं पुस्तक महाभारतमा के छ ? पुस्तक सार्वजनिक

0


माया कंडेल , गैंडाकोट, फागुन २
डा. मतिप्रसाद ढकालको तेह्रौ कृति महाभारतमा के छ ? शनिवार सार्वजनिकरण गरिएको छ । चितवन साहित्य परिषदको सभाहलमा भएको सो कार्यक्रममा वक्ताहरु डा. एकनारायण पौडयाल, डा. केशवराज चालिसे र लक्ष्मी बरालले समिक्षा गर्नुभएको थियो ।

निबन्धकार साहित्यकार रामबाबु घिमिरेले महाभारतमा के छ भन्ने कृतिमा नैतिक मानविय मूल्य र पुर्वीया संस्कृतीलाई लिइएको बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका घिमिरेले प्रयोगबादी निबन्धका रुपमा पुस्तक रहेको बताउनुभयो । यसमा भएका कथालाइ विद्यालयका पाठ्यसामग्री समेत राख्दा राम्रो हुने उहाको भनाइ छ । सबै पाठकक लागि उपयोगी हुने उहाँले बताउनुभयो ।
डा. ढकालको कृतिमा बिधागत अन्योलता रहेको निबन्ध हो कि कथा गद्य भन्ने नै थाहा हुन नसकेको डाक्टर एकनारायण पौडेलको भनाइको छ । उहाँले पुस्तकको राम्रो पक्ष जुनकुकै तहका पाठकलाइ पनि सहजत हुने भाषा सरल र सहज रहेको उहाँले बताउनुभयो । कर्मका प्रभाव ले जीवन बन्छ कर्म भनेको अनुशासन हो भन्ने कुरा महाभारत ले सिकाएको र जिवन बुझ्ने आधार भएको समिक्षक डा. केशव राज चालिसेको भनाइ छ । उहाँले हरेक पात्र केन्द्रियतामा आधारित रहेको , महाभारत सबैका लागि केही भएको बताउदै शान्ती र युद्द दुबै आवश्यक रहेको बताउनुभयो । महाभारत प्रेम युद्द र राजनिती सबै एकै ठाँउ मा भएको पनि उहाँको भनाई छ ।
समिक्षक लक्ष्मी बराल महाभारत पुर्विय भेगमा भन्दा पश्चिम् भेगमा बढी महत्वपूर्ण मान्न थालियको यस्ता विषय अध्यनन गर्न आवश्यक भएको बताउदै महाभारत मा नारिको जीवन सन्दभ प्रिय र श्रेर्य दुबै मार्ग बाट रहेको बताउनुभयो । जस्तो सुकै स्थिति मा भएपनी पुरुष लाई अग्र भागमा राखिएको पनि उहाँको बिश्लेषण थियो । केन्द्रमा पुरुष पात्र रहेपनि रहेको अर्थ घर गृहस्थ हरेक क्षेत्रमा महिला पात्रले सहयोग गरेको पाइएको उहाँले बताउनुभयो ।
पुस्तकको मुल रुप दिन ३ बर्ष लागेको लेखक तथा संस्कृत विश्व विद्यालयका सह प्राद्यापक डा. मतिप्रसाद ढकालले बताउनुभयो । महाभारतका नैतिक लडाइँलाई लिपिबद्द गर्दै जादा निबन्धका रुपमा पुस्तक प्रकाशन भएको उहाले बताउनुभयो ।


सम्पुर्ण किताबको आयोजनामा भएको कार्यक्रममा चितवन र नवलपरासीका साहित्यकारको सहभागीता रहेको थियो । महाभारतमा के छ पुस्तकको प्रकाशन सांग्ररिला बुक्सले प्रकाशनले गरेको थियो ।कार्यक्रम सम्पुर्ण किताबका सञ्चालक लेखराम सापकोटाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन चितवन साहित्य परिषदका सचिव बालकृष्ण थपालियाले गर्नुभएको थियो ।

Share.

Leave A Reply