हनुमान मन्दिर आकर्षक बन्दै, ८ औँ वार्षिक साधारण सभा सम्पन्न

0


पवित्रा पराजुली
गैँडाकोट । पूर्व पश्चिम राजमार्गसँगै जोडिएको धार्मिक पर्यटकिय स्थलको पहिचान बनाउँदै अघि वढेको गैँडाकोट ९ थुम्सी स्थित श्री हनुमान मन्दिर समिति चक्रघाटमा भएको व्यवस्थापन कार्यले यसको महत्त्व वढ्दै गएको छ । धार्मीक पर्यटक यात्रीहरुको विश्राम स्थलका रुपमा परिचित यस मन्दिरको प्रवद्र्धनका लागि संरचना निर्माण तथा व्यवस्थापन कार्यले आकर्षक बन्दै गएको छ । श्री हनुमान मन्दिर समिति चक्रघाटले धार्मीक अनुष्ठानका रुपमा प्रत्येक शनिबार सन्ध्या आरती कार्यक्रम सञ्चालन गर्दै आएको छ । श्रीहनुमत् पूजापद्धति कृतिको प्रकाशन एवम् वितरण, व्यवस्थित शौचालय निर्माण, स्नानघाट निर्माण, शवघाट निर्माण र स्तारोन्नति लगायतका कार्य सम्पन्न गरेको छ ।
मन्दिर परिषरमा निर्माणाधीन शिखर खजुरावशैलीको कलात्मक श्रीहनुमान मन्दिरको निर्माण कार्य चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । शनिबार ८ औँ वार्षिक साधारण सभामा सो जानकारी दिईएको हो । सो मन्दिर निर्माणका लागि ४९ लाख ४१ हजार १ सय ६५ रुपैयाँ सहयोग जुटेको मन्दिरका कोषाध्यक्ष बुद्धिप्रसाद सापकोटाले जानकारी दिनुभयो । गैँडाकोट नगरपालिकाले गत आर्थिक वर्ष १३ लाख ७९ हजार उपलब्ध गराएको छ । साधारण सभामा उहाँले गत आर्थिक वर्षको ६५ लाख २१ हजार १ रुपैयाँको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।


मन्दिरका सचिव सरस्वती सापकोटाले तयार गर्नुभएको गत आर्थिक वर्षको प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षको प्रस्तावित कार्यक्रम सह सचिव पिताम्बर सापकोटाले प्रस्तुत गर्नुभएको थियो । उहाँले यस वर्ष एक दिवसीय सुन्दरकाण्ड रामायणको आयोजना गर्ने, मन्दिरको समुद्घाटन तथा मूर्ती प्राण प्रतिष्ठा गर्ने, मन्दिर परिसरभित्र आकर्षक वाटिका तथा गौमुखी धारा, कलात्मक मुख्य प्रवेशद्वार बनाउने बताउनुभयो । साधारण सभाले समितिलाई अख्तियारि समेत प्रदान गरेको छ ।
साधारण सभाको अवसरमा मन्दिरले श्रीहनुमत् पूजापद्धति पुस्तकको विमोचन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गैँडाकोट नगरपालिकालाई धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान चलिरहँदा हनुमान मन्दिरको निमार्णले त्यसलाई सफल बनाउन सहयोग पुग्ने बताउनुभएको छ । साथै उहाँले मन्दिरलाई सहयोग गर्न आफु सँधै तयार रहेको पनी बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका नगर उप प्रमुख विष्णुकुमारी कंडेलले र्धमले मानिसलाई अनुशासनमा राख्ने तथा सतमार्गमा हिंड्न प्रेरित गर्ने बताउनुभयो । संस्कारलाई अवलम्बन गर्न सके सम्य समाज निर्माणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।


कार्यक्रममा समाजसेवी केशवप्रसाद सापकोटा, वेदप्रसाद गौडेल, पवनकुमार अग्रवाल, आजिवन सदस्य नेत्रराज सापकोटा, थुम्सी बजार टोल विकास संस्थाका अध्यक्ष कल्पना देवकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टीकाराम सापकोटाले सबैको सहयोगले मन्दिर व्यवस्थित हुँदै गईरहेको बताउँदै क्रमिकरुपमा स्तरोन्नति लगायतका कामलाई अघि वढाउने बताउनुभयो । लेखा संयोजक बुद्धिनाथ घिमिरेले २०४२ सालमा स्थापित मन्दिर व्यवस्थापन कार्यमा समिति क्रियाशिल रहेको बताउनुभयो । श्री हनुमान मन्दिर निर्माण उप समिति संयोजक ओमप्रसाद सापकोटाले शिखरावशैलीको मन्दिरको पूर्ण स्वरुप निर्माणसम्म करिब २ करोड ५० लाख भन्दा माथि पुगेको बताउनुभयो । कार्यक्रममा स्वागत गर्दै मन्दिरका उपाध्यक्ष बालुराम कुमालले दुई वर्षका अन्तरालमा भएको प्रगतिले खुसीको अनुभव मिलेको बताउनुभयो ।

Share.

Leave A Reply