श्री महादेव मन्दिर सेवा समितिमा नयाँ कार्य समिति चयन

0


गोमा शर्मा
फागुन १, गैँडाकोट । गैँडाकोट ६ स्थित श्री महादेव मन्दिर सेवा समिति श्री महदेव भ¥या∙ मन्दिरमा नयाँ कार्य समिति चयन भएको छ ।
शनिबार मन्दिर प्राङ्गणमा भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले हरिप्रसाद कंडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा तिलक श्रेष्ठ, सचिवमा देवबहादुर गुरुङ, कोषाध्यक्षमा टंकप्रसाद चापागाई, सह–सचिवमा मिना लामा चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा मनिषा राना, पुनम स्याङ्तान, कैशीला बोट र दयालाल पाण्डे चयन हुनुभएको छ ।


यसअघि भएको साधारण सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैँडाकोट ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले गैँडाकोटकै सबैभन्दा पुरानो मन्दिर रहेको बताउँदै यसको प्रवद्र्धनका लागि वडाले गर्नुपर्ने दायित्वप्रति आफु सधैँ तयार रहेको बताउनुभयो । महादेव भ¥याङ मन्दिरका अध्यक्ष गौरीश्वर लामिछानेले सबै भक्तजनको सहयोगले मन्दिर व्यवस्थापन कार्य मजबुत बन्दै गएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोग र सुझाद दिन आग्रह गर्नुभयो ।


साधारण सभामा संस्थाका कोषाध्यक्ष मुक्तीप्रसाद अधिकारीले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सिताराम मन्दिरका अध्यक्ष थानेश्वर भुषाल, हरिहर मन्दिरका उपाध्यक्ष जिवनाथ कंडेल, गैँडाकोट पम्पिड्ड स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शोभाखर रिमाल, राधा कृष्ण मन्दिरका अध्यक्ष खिमलाल सापकोटा, मुक्तीनाथ मन्दिरका प्रतिनिधि शिवप्रसाद आचार्य, मौलाकालीका भजन समूहका संयोजक दिननाथ पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाका सदस्य रिता सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव देवबहादुर गुरुङले सहजिकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply