गैँडाकोटमा पृथ्वी–टिका ट्रष्टको घोषणा गर्दै आँखा दान

0


माघ ३०, गैंडाकोट । संविधान सभाका सदस्य तथा नेकपाका नेता गुणाखर बस्यालकी आमा टिका बस्यालको स्वार्गारोहण भएको ११ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बस्याल परिवारले आँखा दान गर्नुका साथै रु. पाँचलाखको पृथ्वी–टिका ट्रष्टको घोषणा गरेका छन् ।
नेता बस्यालकी आमा टिका बस्यालको ८९ वर्षको उमेरमा निधन भएको थियो । गैंडाकोट नगरपालिका वडा नं १, प्रतिभाटोल स्थित बस्याल निवासमा शुक्रबार भएको श्रद्धाञ्जली सभामा स्व. आमा टिका बस्याल र बुवा पृथ्वीनारायण बस्यालको सम्झनामा छोरा गुणाखर बस्याल सहित परिवारका सदस्यहरुले पनि आँखा दान गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले वस्याल परिवारको सामाजिक कार्यप्रतिको लगावले सबैलाई उत्प्रेरणा गर्ने बताउनुभयो । पौडेलले जनयुद्धका बेला स्व. टिका बस्यालले गरेको सहयोगबारे बोल्नुभएको थियो । उहाँले संबिधान कार्यान्वयन गर्नेबेलामा अहिले संविधानको मुद्दा सर्बोच्चमा हुनु दुःखद् रहेको बताउनुभयो ।
कार्यक्रममा सभामा संचारकर्मी संजय तिवारी, राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दिपक पाण्डे, बाम बुद्धिजीवि प्रेम रिमाल, जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष मोती रिजाल, नेकपा केन्द्रीय सदस्य वलावती शर्मा र नेकपा नवलपुरका सह इन्चार्ज किशान गैरे लगायतको उपस्थिती रहेको थियो ।
नेकपा नवलपुर जिल्ला कमिटिका अध्यक्ष मित्रशरण शर्मा विहानीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाको संचालन नेकपाका नेता धनप्रसाद सापकोटाले गर्नुभएको थियो ।

Share.

Leave A Reply