विजय लघुवित्तले मनायो नवौं वार्षिकोत्सव

0


प्रेम क्षेत्री
माघ २८, गैँडाकोट । विजय परिवारको सदस्य संस्था विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबार नवौं वार्षिकोत्सव मनाएको छ ।
गैंडाकोट रिसोर्टमा भएको नवौं वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले राज्यले अघि सारेको सुखी नेपाली समृद्ध नेपाललाई सार्थक बनाउन उत्पादनमुखी कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । उहाँले अबका हरेक कार्यक्रम उत्पादन केन्द्रित नीति तथा कार्यक्रम बनाउन जोड दिनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका नगर उप प्रमुख विष्णुकुमारी कंडेलले विजय लघुवित्तले गरेका कामको प्रशंसा गर्दै महिलालाई नेतृत्वदायी भुमिका निर्वाह गराउन र अग्रसर गराउनु खुसीको कुरा भएको बताउनुभयो । ३६ जिल्लाका अति विपन्न परिवारलाई आर्थिकरुपमा सबल बनाउन खेलेको भुमिकाको उहाँले प्रशंसा गर्नुभएको थियो ।
विजय परिवारका अध्यक्ष एवं विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले लघुवित्त क्षेत्रमा नेपालमा नै पहिचान बनाउन सफल भएको बताउँदै विजय परिवारको मर्म अनुरुप सामाजिक उत्तरदायित्व बहन गर्दै अघि वढे सफलता प्राप्त हुने बताउनुभयो ।
विजय कन्सल्टि∙ प्रालिका अध्यक्ष केशवप्रसाद सापकोटाले वित्तीय क्षेत्रमा सफलता प्राप्त गर्न चुनौति पहिचान गर्दै समाधान गर्दै अघि वढ्नुपर्ने बताउनुभयो । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटाले गरिब विपन्न जसले धितो राख्न सक्दैन उनिहरुको यो साहारा बनिरहेको बताउनुभयो । विजय फाण्डेशनका अध्यक्ष त्रिलोचन सापकोटाले संस्थाको प्रगतिको कामना गर्नुभयो । कर्मचारीका तर्फबाट सन्तपुर शाखा रौतहटका प्रमुख पुष्पराज आचार्यले संस्थाको उन्नतीका लागि लागिरहने बताउनुभयो ।


कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले ३६ वटा जिल्लामा ५७ वटा शाखा मार्फत ६२ हजार सदस्यमाझ लगानी गरि आर्थिक रुपमा सक्षम बनाउँदै अघि बढेको बताउनुभयो । सञ्चालक खेमराज सापकोटाले ग्रामिण क्षेत्रका नागरिक समक्ष पुगि उनिहरुलाई आर्थिक रुपमा सशक्त बनाउँदै विभिन्न कार्यक्रम गर्दै आईरहेको बताउनुभयो ।
सो अवसरमा १०९ पटक रक्तदान गरिसक्नुभएका रक्तदाता एवं संस्थापक सेयरधनि खुमनाथ पौडेललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट शाखा घर्तिगाउँ शाखा रोल्पा र उत्कृष्ट कर्मचारी सोही शाखाका प्रमुख कुमबहादुर थापालाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष कपिल न्यौपानेले सबैको योगदानले संस्था यो स्थानमा आईपुगेको बताउँदै धन्यावाद ज्ञापन गर्नुभएको थियो । विजय लघुवित्त वित्तीय संस्था २०६९ सालमा स्थापना भएको थियो ।

Share.

Leave A Reply