विजय लघुवित्त वित्तीय संस्थाले बुधबार रक्तदान कार्यक्रम गर्दै

0


माघ २७,
गैँडाकोट । विजय परिवारको सदस्य संस्था विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबार रक्तदान कार्यक्रम गर्दैछ ।

संस्थाको नवौं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले जानकारी दिनुभयो ।

गैँडाकोट नगरपालिकाको कार्यालयसँगै रहेको गैँडाकोट रिसोर्टमा २८ गते बुधबार बिहान ८ः०० बजे देखी रक्तदान कार्यक्रम शुरु हुने उहाँले बताउनुभयो । उहाँले योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई कार्यक्रममा उपस्थित भई रक्तदान गरि मानविय सहयोगमा सरिक भइदिनुहुन अनुरोध समेत गर्नुभएको छ ।

Share.

Leave A Reply