जनक नमुना माविको ६२ औँ बार्षिकोत्सव सम्पन्न

0


गोमा शर्मा,
माघ २७, गैँडाकोट । जनक नमुना माध्यामिक विद्यालय गैँडाकोट ५ को ६२ औँ बार्षिकोत्सव एवं पुरस्कार वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले समृद्ध गैँडाकोट बनाउन शिक्षालाई जोड दिएको बताउनुभयो । शैक्षिक क्षेत्रको विकासमा नगरपालिकाले गर्ने दायित्वप्रति आफु सधैँ सजग रहेको र सोही अनुरुप व्यवस्थापन पनि भईरहेको बताउनुभयो ।


विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कंडेलले विद्यालयहरुले अब ब्यवसायिक शिक्षालाई जोड दिदैँ अघि बढ्नुपर्ने बताउनुभयो । जनक मावि अग्रस्थानमा रहेको विद्यालय रहेको बताउँदै उहाँले शिक्षालाई गुणस्तर बनाउनु सँगसँगै विद्यार्थीको अतिरिक्त कृयाकलापमा जोड दिन आग्रह गर्नुभयो ।


कार्यक्रमका अध्यक्ष विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं गैँडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले विद्यालयको शैक्षिक सुधारका लागि क्रियाशिल रहेको बताउनुभयो । विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक चुडामणि शर्मा कंडेलले विद्यालयमा हाल १८ सय विद्यार्थी र ७४ जना शिक्षक रहेको जानकारी दिनुभयो ।
सो अवसरमा गरिब तथा जेहेन्दार ४०० जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको थियो । विदाई भएका शिक्षकहरुलाई सम्मान तथा अतिरिक्त क्रियाकलाप तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं वर्तमान सदस्य मदनभक्त अधिकारी, विद्यालय ब्यवस्थापन समिति सदस्य एवं वडा सदस्य पार्वती सापकोटा, पूर्व प्रधानाध्यापक दशरथ तिवारी, राजकुमार पिया, शिक्षक अभिभावक संघका अध्यक्ष शंकर आचार्य लगायतको उपस्थिती रहेको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक नारायण तिमिल्सेना स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम शिक्षक हिमाल देव पंगेनीले सहजिकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply