विद्यार्थीसँग प्रहरी, बानी सुधारमा जोड दिन आग्रह

0


प्रेम क्षेत्री
माघ २७, गैँडाकोट । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) र गैंडाकोट नगरपालिकाको संयुक्त आयोजना र जिल्ला प्रशासन कार्यालयको सहयोगमा विद्यार्थीसँग प्रहरी कार्यक्रम गैँडाकोटको वेल्डियामा सम्पन्न भएको छ । गैँडाकोट वडा नम्बर १० देखी वडा नम्बर १८ सम्मका विद्यार्थी लक्षित कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले दुव्र्यसन रहित सभ्य समाज निर्माणका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । त्यसका लागि बानी सुधार गर्नुपर्ने उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक प्रकाश मल्लले लागु औषध, अपराध, कानुनी दण्ड सजायको अवस्थाबारे जानकारी गराउँदै सूचना लुकाउन नहुने कुरामा जोड दिनुभयो ।
लेखक÷स्तम्भकार सुजित मैनाली र अध्येता नविन तिवारीले शिक्षाबारे प्रस्तुती दिँदै शिक्षा नै सभ्य र सम्मुनत समाज निर्माणको आधार रहेको बताउनुभयो । बेवारिसे सव व्यवस्थापन गर्दै आउनुभएकी बिबिसिको उत्कृष्ट १०० महिलाको सुचिमा पर्न सफल सामाजिक अभियान्ता सपना रोक्का मगरले व्यक्तित्व विकास र सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा अवगत गराउनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गैँडाकोटको शिक्षालाई व्यवस्थित गर्दै समृद्ध गैँडाकोट बनाउन नगरपालिकाको तर्फबार हर सम्भव पहल भईरहेको बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बालकृष्ण चापागाई, शिक्षा अधिकृत मतिप्रसाद रिजाल, युवा सञ्जालका अध्यक्ष श्याम वन लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा करिब २०० विद्यार्थीको सहभागिता रहेको थियो । यसअघि वडा नम्बर १ देखी ९ सम्मका विद्यार्थी लक्षित कार्यक्रम सोमबार कालिका मावि गैँडाकोटमा सम्पन्न भएको थियो । त्यसअघि हुप्सेकोट गाउँपालिका र कावासोती नगरपालिकामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Share.

Leave A Reply