एचआईभि पहिचानका लागि जेसीज गैँडाकोटद्वारा रक्त परिक्षण

0


प्रेम क्षेत्री
माघ २७,
गैँडाकोट । जेसीज गैँडाकोटले नगरका विभिन्न ४ स्थानमा निःशुल्क रक्त परिक्षण गरेको छ । मंगलबार गैँडाकोटका विभिन्न ४ स्थानमा एचआईभि/एड्स पहिचानका लागि निःशुल्क रक्त परिक्षण गरेको हो । नयाँ संसार पुर्नस्थापना केन्द्र गैंडाकोट ५, परिवर्तन पुर्नस्थापना केन्द्र गैंडाकोट ७, हरिहर मन्दिर गैंडाकोट ७ र गैंडाकोट ९ थुम्सी बजारमा भएको सिविरमा स्वतःस्र्फुत रुपमा १५० जनाले रक्त परिक्षण गरेका थिए । उक्त परिक्षणमा एचआईभि/एड्स नभेटिएको कार्यक्रम संयोजक जेसीजका उपाध्यक्ष श्याम वनले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटिका नवलपुर जिल्ला सभापति मदनभक्त अधिकारीले जेसिजको कार्यको प्रशंसा गर्दै निरोगी बन्न नियमित स्वास्थ्य परिक्षण गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा जेसिज गैँडाकोटका संस्थापक अध्यक्ष बद्रि सापकोटा, सहयोयी संस्था ए.एच.एफ. भरतपुरका निर्देशक कृष्णहरी सापकोटा, समाजसेवी ज्ञानप्रसाद खनाल लगायतको उपस्थिती रहेको थियो । जेसिज गैँडाकोटका महासचिव राजेश पौडेलले सहजिकरण गर्नुभएको सो कार्यक्रम जेसीज गैँडाकोटका अध्यक्ष दया सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply