गैँडाकोट १४ मा आधारभूत स्वास्थ्य इकाइको भवन बाट स्वास्थ्य सेवा शुभारम्भ

0


पबित्रा पराजुली
गैँडाकोट, २७ माघ । गैँडाकोट १४ को आधारभूत स्वास्थ्य इकाइको भवनमा सोमबारदेखि स्वास्थ्य सेवा शुभारम्भ भएको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले स्वास्थ्य इकाइ भवनको समुद्घाटन गर्नुभएको थियो । समुद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले स्थानीय सरकारको अनूभुति बढाउन दुई वर्ष भित्रै गैँडाकोटका सबै वडामा वडा कार्यालय निर्माणका लागि नगर अघि बढ्ने बताउनुभएको छ ।
गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले अब छिट्टै सबै वडामा स्वास्थ्य इकाइको भवन निमार्ण गर्ने र हरेक नगरवासीको स्वास्थ विमा गर्ने बताउनुभएको थियो ।गैँडाकोट नगरपालिका वाड नं १४ का वडा अध्यक्ष कोकीसरा राना मगरले आधारभूत स्वास्थ्य इकाइको बाहिरी व्यवस्थापन बाकी रहेको र यसको लाई नगरपालिकाले सहयोग गर्न आग्रह गनुभएको छ ।साथैँ उहाँले एक बर्ष भित्रमा आफनै वडा कार्यलय पनी निमाण गर्ने बताउनुभएको थियो ।
संघीय सरकारको सशर्त अनुदानमा आधारभूत स्वास्थ्य सेवा केन्द्र शिर्षकमा विनियोजित रकम अन्तर्गत करीब ३८ लाखको लगानीमा आभारभूत स्वास्थ्य इकाइको निर्माण भएको हो ।
आधारभूत स्वास्थ्य केन्द्रमा एकजना हेल्थ असिस्टेन्ट र एकजना अनमीले सेवा दिने छन् । खोप, समुदायमा आधारित नव शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन, पोषण, महिला स्वास्थ्य स्वयम्सेविका, जनसङ्ख्या व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन, गाउँघर क्लिनिक, कुष्ठरोग, औलो, क्षयरोग, एचआईभी एड्स, बिरामी जाँच तथ्याङक जस्ता विषयमा अभिलेख राखि स्वास्थ्य सेवा प्रदान गरिने गैँडाकोट नगरपालिका नगर स्वास्थ्यका जन स्वास्थ्य निरीक्षक इन्द्रराज शर्माले जानकारी दिनुभएको थियो ।

Share.

Leave A Reply