राजनीति र जनता

0


राजनीति भनेको चेतना हो । चेतना भन्ने शब्दको अर्थ हुन्छ सबै कुरा जान्ने, मानवीयता हुनु, माया, धर्म, संस्कृति र सबैको सम्मान, सेवा, समर्पण एवम् समानता, समदर्शी पनि हो भन्न उपयुक्त हुनेछ । अब यस्तो छ कि छैन भन्ने प्रश्न उठ्छ । योग्यता शिक्षाबाट ज्ञान हुने अवस्थामा के छ राजनीतिक अवस्था र प्रतिफल के हुनुपर्ने वर्तमानमा के भइरहेछ भन्ने विषयको चासो र जिज्ञासा नै यसको मूल विषयबाट अगाडि जान सकिन्छ । शिक्षाको अवस्था चेतना त योग्यता बनाउने डिग्री प्राप्त गर्ने प्रयत्न भइरहेकै छन् । योग्यताको प्रतिफल पनि राम्रो नै छ तर आफ्नो जिविकाको लागि ज्यूँत्यूँ चलेको पाइन्छ तर जुन योग्यताबाट विकसित प्रणाली, पूर्णरुपमा जीवन शैलीको अवस्था देश समाजको अवस्था जीवन शैली र परोपकारी कार्य तथा जनहितमा ऊर्जाशिल चेतनाको विकास छ कि छैन भन्ने विषयको खोजी हुन पनि जरुरी छ ।

तसर्थ त्यसतर्फ उन्मुख हुनुका लागि वास्तविक शिक्षा प्रणाली, आधुनिक शिक्षा एवम् संस्कार, धार्मिक, आध्यात्मिक प्रणालीबाट मात्र सम्भव रहेको हुँदा वर्तमानको अवस्था त्यसतर्फ लागिरहेको छ कि छैन भन्ने प्रश्न हुन्छ । समग्रमा यी सबै कुरातर्फ कोही प्राज्ञिक स्थायित्व देखिएको छैन । यही कारणबाट र देशमा शासन व्यवस्था राजनीति पनि यही घेराबाट चलि आएको छ भने राजनीति शिक्षाभन्दा ठूलो विषय बन्दै आयो । पुरानो पिँढीबाटै राजनीतिक चेतनाका लागि पनि व्यक्तिहरु श्सहिद भए, जनताले दुःख पाए तर वर्तमान अवस्थामा सीमित व्यक्तिहरु मात्र राजनीतिक चरित्रमा रहनुभएको पाएका छौँ ।

राजनीतिक परिपाटीको चिन्तन र चेतना पूर्ण नहुनु र चेतनाको स्तर नभई तयार हुने सरकार, पार्टी अपरिपक्कता भएका राजनीतिक दलका कारण समस्या देखिएका छन् । परिपक्व नेताहरु र सरकार बनेर पनि सफल हुन नसक्ने अवस्थामा रहेका छन् । राजनीति बुझेका अनि दुःखयातना भोगी एकतन्त्रीय तानाशाही व्यवस्थाको परिपाटिका विरुद्धमा आवाज उठाउँदै आएका र संगठित व्यक्तिले मात्र राजनीति बुझेको हुन्छ । त्यस्तै व्यक्तिहरुको अनुसरणबाट आम नागरिकलाई प्रशिक्षित हुन पर्ने हो र यो कुरा जनताले बुझ्नुपर्ने दायित्व पनि हो । त्यसो भएको नहुन सक्छ । अलिकति तलमाथि हुँदा भने जस्तो नहुने, नदेख्ने बित्तिकै जनता जसले सस्ता र झुठा नारा आश्वासन चर्को रुपमा दिएको छ त्यसैको पछि लाग्ने हुन्छन् । यसले स्थायित्व नहुने, स्थायित्व दिन नसक्ने व्यक्ति वा दललाई जिम्मेवारीमा पु¥याउने पदप्राप्ति हुने हुँदा आजको प्रतिफल उपयुक्त नभएको देखिन्छ ।

लोकतन्त्र र प्रजातन्त्र मानव जातिको अधिकार जीवनचर्या, पर्यायवाची रुप नै हो । राजनीतिक पार्टीले राज्य बागडोर लिन,े सरकार बनाउने र जनताको हक अधिकार सुनिश्चित गरी गाँस, बास, र कपासको ग्यारेन्टी गर्नु कर्तव्य हो तर अब गाँस, बास र कपास मात्र होइन जनपक्षीय स्वतन्त्रता, स्वास्थ्य, शिक्षा, रोजगारजस्ता सबल पक्षको जिम्मेवारी पनि ग्यारेन्टी हुनुपर्छ । अबको शताब्दीको आवश्यकता भई आएको छ । राजनीतिबाट गरिने महत्त्वपूर्ण जिम्मेवारीमा देशको विकासमा प्रभाव पर्दछ । पूर्ण राजनीतिक ज्ञान, त्याग र जनभावना अनुकूलको शिक्षा रहेको व्यक्ति, कार्यकर्तामा निर्भर हुन्छ । त्यसो नभई व्यक्तिगत फाइदाका लागि पाटी संगठनमा लाग्नेहरुको संख्याले गर्दा सोचेअनुरुप जिम्मेवारीमा रहेर कार्य गर्न नसक्दा आजको गाउँ, समाज र देशले दुःखको परिणाम भोगिरहेको छ ।

विकास भनेको धेरै पैसा सम्पत्ति भएर, कसैले दिएर माया, दयाबाट मात्र होइन आफै श्रमजीवी र आफै आत्मनिर्भर हुने कार्यक्रम दिन सकेका खण्डमा मात्र व्यक्ति र जनसमुदायको विकास हुन्छ । जनताबाट आफ्नो घर ठाउँमा कृषि, पशुपालनलगायतका कार्य उन्नत तरिका जो जसको जे विषयको ज्ञान छ त्यसमा लागिपर्ने भए मात्र विकास हुन्छ तर त्यसो नभईकन सबै छाडेर जुन शक्ति सरकारमा जान्छ त्यसैको कार्यकर्ता भई राजनीतिक फाइदा लिएर हिँड्ने प्रवृत्तिले आजको राजनीति चलिरहेको हुँदा राजनीति मागी खाने भाँडाको रुपमा देखिन्छ । सो प्रवृत्ति हटाई लोकतन्त्र, प्रजातन्त्र र आफ्नो धर्मसंस्कृतिको रक्षा र विकास शिक्षातर्फ उन्मुख हुनुपर्दछ । नेता कार्यकर्ता तथा जनता पनि सोहीअनुरुपको शिक्षा र आचरण भएमा मात्र राजनीतिक चेतना भएको ठहर्दछ । अन्यथा फाइदा मात्र हेरेर व्यापारी खालको राजनीति र पदको भोगीले के जनसेवा गर्ला र ? यो त नारामात्र भएको छ । तसर्थ जनतामा पनि दृष्टि, सिद्धान्त र समानता न्यायका लागि दिगो राजनीति हुनुपर्दछ र यही अनुरुपका इमान्दारी र राष्ट्रभक्ति भएका नेताको खोजी गरेर जिम्मा दिएमा मात्र निष्पक्ष जनपक्षीय कार्य भई सच्चा सेवक हुनेछ । जनतालाई ठगी गर्न सक्ने छैन भन्ने भनाइलाई लेखमार्फत समर्पण गर्दै लोकतन्त्र प्रजातन्त्रको विरुद्धमा हिँड्ने चेतनाको स्तर नहुनेलाई चेतना दिने र शिक्षा दिन र राज्य संचालन गरी जतिसुकै योग्यता भएकाहरुलाई परिचालन गरेर जिम्मेवारी वहन गर्न सक्ने र सबैको सुख, शान्ति र स्थायित्व दिने राजनीति नै हो भन्ने विषय त हामीले देखिसकेका छौं ।

लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि निरन्तर लागिरहने व्यक्तिलाई मात्र सबै कुराको ज्ञान हुने हुँदा त्यसको पहिचान हुनु नै आम जनताको बुझाइमा निर्भर पनि हुनु अहिले आवश्यकता हो । सोही कारणबाट नयाँ नयाँ मानिसका सस्ता कुरा र त्यसमा आबद्ध राजनीतिक दलका आडमा रहने मानिसले मात्र फाइदा उठाउने प्रवृत्ति बढेको हुँदा अब राजनीतिक चेतना, ज्ञान र शिक्षाको ज्योतिबाट वर्तमानको गलत प्रवृत्तिलाई सुधारमा ल्याउन सबै जनताबाट खोजिरहनुपर्दछ भन्ने विश्वासका साथ सबैको कल्याण होस् ।
धन्यवाद ।

 

Share.

Leave A Reply