क्रियाशील पत्रकार महिलाको नयाँ कार्यसमिती गठन

0

काठमाडौ ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को ११ औं वार्षिक साधारणसभा तथा छैठों अधिवेशन आईतबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटनमा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डेले युटुयुब र सोसल मिडियाले छापा पत्रकारितामा थप चुनौती र जोखिम बढाएको बताउनुभएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले कोरोना कहर पछि संचार माध्यम थप जोखिममा धकेलिएकाले संयमता अपनाउनु पर्नेमा जोड दिनुभएको छ ।
यस्तै प्रेस काउन्सिल नेपालका रामशरण बोहोराले पत्रकार आचारसंहिता अभिमूखीकरण कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष संगीता लामाले अनलाइन मिडियाहरुले महिलाहरुको बिषयलाई गलत किसीमले उठाउँदा समाजमा त्यसको नरामो असर पर्ने बताउनुभयो ।
छैठौं अधिवेशनले आजै राष्ट्रिय समाचार समितीका पुर्व महाप्रवन्धक निर्मला आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा रामकला खड्का, महासचिव चन्दा बिष्ट, सचिव रमीता लामा र कोषाध्यक्ष रुकमीणि पोखरेल चयन भएका छन् । कार्यक्रममा क्रियाशील महिला पत्रकारका पुर्व अध्यक्ष अम्विका राजथला बरिष्ठ सदस्य चयन त्यस्तै, सदस्यहरुमा संगीता लामा, सोनी शर्मा, दीपा आले, शोभा मानन्धर, दुर्गा अधिकारी, देवी सापकोटा, सीता बि.के. चयन भएका छन् ।

Share.

Leave A Reply