गैँडा र हात्तीको मृत्यु

0

चितवन,माघ २५ । चितवन राष्ट्रिय निकुञ्जको एउटा हात्तीको मृत्यु भएको छ ।लामिचौर पोष्टमा कार्यरत रहेको वर्ष ४५ को संखर प्रसाद नामको हात्तीको माघ २२ गते मृत्यु भएको हो । माघ २१ गते बिरामी परेको संखर प्रसादको उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । हिन्दु धर्म अनुसार हात्तीलाई भगवान गणेशको प्रतीक मानिने भएकोले धार्मिक परम्परा अनुसार उक्त मृत हात्तीको पूजापाठ गरि अन्त्येष्टि गरिएको छ । यो सँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जको ५ वटा घरपालुवा हात्तीको मृत्यु भएको छ ।
त्यस्तै निकुन्जको कोर इलाका बगाइ माडी सेक्टर अन्तर्गत घागर भन्ने स्थानमा माघ १३ गते सडेगलेको अवस्थामा अन्दाजी ४० बर्षको गैडा मृत अवस्थामा भेटिएको छ । सो गैडा प्राकृतिक कारण मरेको अनुमान गरिएको छ । यो सहित चालु आर्थिक वर्षमा २३ वटा गैडाको मृत्यु भयको निकुञ्जले जनाएको छ ।

Share.

Leave A Reply