गैँडाकोटबाट १३ वर्षमुनिका फुटवल खेलाडी छनौट

0

गैँडाकोट, माघ २५ । गैँडकोटमा १३ वर्ष मुनिका फुटवल खेलाडीहरुको छनौट गरिएको छ । गैँडाकोट नगरपालिकाको छनौट गैडाकोट क्षेत्रीय रंगशाला गडाकोट ३,४र८मा सम्पन्न भएको हो ।
आज छनौटमा परेका खेलाडीहरुलाई छनौट २८ गते जिल्ला छनौटमा सहभागी गराइने नवलपरासी जिल्ला फुटबल संघ नवलपुरका महासचिव लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।
कार्कीकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गैडाकोट खेलकुद समितिका उपाध्यक्ष रमेश तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश फुटवल संघ र जिल्ला सदस्य डिलकुमारि घिमिरे, एन्फा रेफ्रि अमित घिमिरे,समितिका फुटबल खेलाडीहरु, विधालयका प्रधानाध्यापक तथा खेल शिक्षक,अभिभावक र पत्रकारहरुको उपस्थिती थियो ।
प्रकाश पौडेल समितिका सचिव प्रकाश पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा गैडाकोट नगरपालिकाले समन्वय गरेको थियो ।

Share.

Leave A Reply