हरिहर टोलले गर्यो हाइवे सरसफाइ तथा अनुगमन

0

माघ २५ । हरिहर टोल विकास संस्था गैंडाकोट ७ गैरिले शनिवार टोल एवं कोसी ग्यास देखि जयश्री पुलसम्मको हाइवे सरसफाइ तथा अनुगमन गरेको छ । आफ्नो ठाउँको सरसफाई आफैले गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएर टोल विकास संस्थाका पदाधिकारी एवं स्थानीयहरुको प्रत्यक्ष सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
घर, टोल एवं आफ्नो ठाउँलाई सरसफाई राख्न व्यक्ति आफैं सचेत रहनु पर्ने र सामाजिक भावनाको विकास गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
हरिहर टोल विकास संस्थाका अध्यक्ष सरस्वती घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य उमा सापकोटा ,सहयात्री बचतका अध्यक्ष लक्षुमण ओझा ,प्राध्यापक बन्दना शर्मा ,समाजसेवी टेकनारायण सापकोटाले नियमित सरसफाईमा ध्यान दिन आग्रह गर्दै यो कार्यमा जोडिन सवैलाइ आह्वान समेत गर्नुभयो । कार्यक्रमको सचिव भानु सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply