राधाकृष्ण मन्दिरको १२ औँ बार्षिक साधारण सभा सम्पन्न

0

पवित्रा पराजुली,गैंडाकोट, माघ २५ । राधाकृष्ण मन्दिर सेवा समितीको १२ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका गैँडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले कार्यक्रममा बोल्दै मन्दिरको विकास र व्यवस्थापनका लागी सँधै तयार रहेको बताउनुभएको छ । त्यस्तै मन्दिरका अध्यक्ष खिमलाल सापकोटाले सबैको साथले मन्दिर व्यवस्थापन कार्य मजबुत बन्दै गईरहेको बताउनुभयो ।

 

साथै आगामी दिनमा पनि सबैको साथ र सहयोग आवश्यक रहेकोे बताउनुभयो । कार्यक्रममा बोल्दै गैँडाकोट नगर कार्यपालिका सदस्य कुमारी रेखा पौडेलले वडाको तर्फबाट मन्दिरलाई सधै सहयोग गर्न तयार रहको बताउनुभएको छ । कार्यक्रममा आर्थिक वर्ष २०७६/०७७ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७७/०७८ को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै मन्दिरका सचिव डिल्लीप्रसाद अम्बैले मन्दिर परिषरमा रहेको नारयणी नदि गंगा स्नानघाटलाई आगामी दिनमा व्यवस्थित गर्दै जाने बताउनुभयो ।

मन्दिरमा अतिथि कक्षका लागि एक कोठाको निर्माण गरिएको बताउँदै मन्दिरका अन्य कार्यालय व्यवस्थापनका लागि वडा तथा नगरबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । त्यस्तै आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मेघराज कंडेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मन्दिरका उपाध्यक्ष धनप्रसाद सापकोटाले राख्नुभएको थियो ।

राधाकृष्ण मन्दिर सेवा समिती गैँडाकोट ५ को सभाहलमा भएको कार्यक्रममा गैँडाकोट पम्पि∙ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष शोभाखर रिमाल, जयश्री सामुदायिक वनका अध्यक्ष महेन्द्रभक्त अधिकारी, नन्दन सामुदायिक वनका अध्यक्ष घनश्याम कंडेल लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply