गैँडाकोट ब्याटमिन्टन क्लबको अध्यक्षमा धनीराम महतो

0


माघ २४, गैँडाकोट । गैँडाकोट ब्याटमिन्टन क्लवको अध्यक्षमा धनीराम महतो चयन हुनुभएको छ । क्लवको शनिबार सम्पन्न दोस्रो साधारण सभा तथा पहिलो अधिबेशनले महतोलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै क्लबको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा राजेशकुमार श्रेष्ठ, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र सहसचिवमा वसन्तकुमार श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरुमा प्रकाशकुमार श्रेष्ठ, खुमनाथ पौडेल, कृष्णप्रसाद आचार्य, दया सापकोटा, करुण धिताल र चक्रपाणी कंडेल रहनुभएको स्थानीय लुकुश धितालले जानकारी दिनुभयो ।
११ सदस्यीय नयाँ कार्यसमितिले २ वर्ष काम गर्नेछ । यसअघि तदर्थ समिति बनेकोमा यो पहिलो अधिवेशनले नयाँ समिति बनाएको हो । त्यस्तै लेखा समितिको संयोजकमा नारायणप्रसाद कंडेल, सदस्यहरुमा राजन गिरी र प्रेम सापकोटा रहनुभएको छ ।
जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष विष्णुलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको विशेष अतिथिमा गैँडकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदी रहनुभएको थियो ।
साधारण सभामा लेखा संयोजक नारायणप्रसाद कंडेलले आर्थिक प्रतिवेदन र धनीराम महतोले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
क्लबले ब्याटमिन्टनका खेलाडीहरु उत्पादन गर्नेदेखि विद्यार्थीहरुलाई यसतर्फ आकर्षित गराउने कार्यक्रम ल्याउने महतोको भनाई छ । त्यस्तै खेलको माध्यमबाट दुव्र्यसनीमा लागेका युवाहरुलाई सही बाटोमा ल्याउने गरी काम गर्ने नयाँ समितिले योजना बनाएको छ ।

Share.

Leave A Reply