गैँडाकोट १२ र १३ मा आधारभूत स्वास्थ्य सेवा सुरु

0

माया कडेँल,गैँडाकोट,माघ २३ । गैंडाकोट नगरपालिका वडा नम्बर १२ र १३ मा शुक्रबारदेखि आधारभुत स्वास्थ्य सेवा सुरु भएको छ ।

आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नगरवासीको सहज स्वास्थ्य सेवाका लागि नगरपालिकाले यो कार्य गरेको बताउनुभयो । अव हुने स्वास्थ बीमामा सबै नगरवासीको पहुच पु¥याउने र साधारण उपचारमा पनि नगरवासीले दुख पाउने वातावरणको अन्त्य गर्ने बताउनुभएको छ । नगरउपप्रमुख बिष्णुकुमारी कंडेलले आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण र स्वास्थ्य सेवा प्रदान पनि समृद्ध नगरको थप इट्टा भएको बताउनुभयो ।

गैंडाकोट वडा नम्बर १३ का वडाध्यक्ष एवं आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन समारोहका अध्यक्ष पदमलाल पौडेलले बिपन्न र सबैलाई स्वास्थ्य सेवाको सहज पहुचमा वडाले काम गरेको बताउनुभयो । संघीय सरकारको सशर्त अनुदानमा आधारभूत स्वास्थ्य सेवा केन्द्र शिर्षकमा विनियोजित रकम अन्तर्गत करिव ४० लाख लागतमा आधारभूत स्वास्थ्य केन्द्रको भवन बनेको हो । एकजना हेल्थ असिस्टेन्ट र एकजना अनमीले सेवा दिने छन् ।

खोप, समुदायमा आधारित नव शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन, पोषण, महिला स्वास्थ्य स्वयम्सेविका, जनसंख्या व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन, गाउँघर क्लिनिक, कुष्ठरोग, औलो, क्षयरोग, एचआईभी एड्स, बिरामी जाँच तथ्याङकजस्ता विषयमा अभिलेख राखि स्वास्थ्य सेवा प्रदान गरिने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

 

यसैविच गैंडाकोट गैंडाकोट नगरपालिका वडा नम्बर १२ मा शुक्रबारदेखि आधारभुत स्वास्थ्य सेवा सुरु भएको छ । आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएसंगै स्वास्थ्य सेवा सुरु भएको छ । उक्त सेवाको शुभारम्भ गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले गर्नुभएको थियो । कार्यक्रममा गैंडाकोट १२ का वडाध्यक्ष थिरबहादुर थनेतले सामान्य स्वास्थ्य सेवाका लागी अव टाढा धाउने दिन गएको बताउँदै थप गुणस्तीय स्वास्थ्य सेवा दिनेगरी काम गर्ने बताउनुभयो ।

Share.

Leave A Reply