नवलपुरका मानिसहरुमा चाँडैनै स्वास्थ्य समस्याहरु देखिन थाले, विषादी परीक्षण गर्ने सुविधा नहुँदा समस्या

0

डोलराज रानाभाट, गैँडकोट, माघ २३ । नवलपुरका अधिकाँश मानिसहरुमा कुनै न कुनै स्वास्थ्य समस्या रहेको पाइएको छ । छोटो उमेरमै मानिसहरुलाई विभिन्न स्वास्थ्य समस्या देखिन थालेको हो ।

स्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा आज कावासोतीमा भएको विषादी रहित खाद्य तथा पोषण प्रवद्र्धन गर्ने एक दिने अभिमुखिकरण कार्यक्रममा उक्त तथ्य सार्वजनिक गरिएको हो । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार जिल्लामा जारी निशुल्क वन्ध्याकरण शिविरमा आउने २८, ३० वर्षका महिला तथा पुरुषमा उच्च ब्लड प्रेसर, सुगर जस्ता समस्या देखिएको भन्दै स्वास्थ्यलाई गम्भिर ध्यान दिन आग्रह गर्नुभयो ।

No description available.

अझै पनि मानिसहरुमा केही रकम सस्तो पर्ने भन्दै अन्य नामको नुन प्रयोग गर्ने गरेको भन्दै आयो नुननै प्रयोग गर्न उहाँको सुझाव छ । सन् १९९८ देखि आयोडिन विहिन नुन प्रयोगमा रोक लगाइएको थियो । तर जम्मा ८० प्रतिशतले मात्रै आयोडिनयुक्त नुन प्रयोग गर्ने तथ्याङ्क छ । प्राय तरकारीमा सुरुमै नुन हालेर पकाउने वानी आजैबाट छोड्न आग्रह गर्दै तरकारी पाक्ने वेला नुन हाल्ने र ढकनले पुरै ढाक्ने गरी छोपेर प्रयोग गर्न सुझाव दिनुभयो । विशेषगरी गर्भवती महिलालाई चिकित्सकको सल्लाहामा पर्याप्त परिकार दिनुपर्ने र त्यसले महिला र बच्चाको स्वास्थ्यमा धेरै राम्रो सुधार हुने चापागाईले बताउनुभयो ।

आयोडिनको मात्रा घट्न नदिन र शरिरलाई स्वास्थ्य तन्दुरुस्त बनाउन खानाको मात्रा जति छ त्यतिनै तरकारी पनि खानुपर्ने भन्दै हरिया सागपात बढि तर मासु कम खान सुझाव दिनुभयो । दैनिक जीवनमा गरिने हेलच्याक्राइले उमेर नपुग्दै विभिन्न स्वास्थ्य समस्या देखिन थालेको भन्दै नागरिक आफै सचेत हुन उहाँको सुझाव थियो ।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र नवलपुरका कार्यालय प्रमुख गोपाल लामिछानेले विषादी परीक्षणगर्ने स्थल नहुँदा स्वच्छ तरकारी बजारमा जान नपाएको बताउनुभयो । देशकै तथ्याङमा व्यवसायिक तरकारी खेती गर्ने किसानहरुले अत्यधिक विषादी प्रयोग गर्ने गरेको भेटिएको छ ।

त्यसैले आफ्नो परिवारका लागि आवश्यक पर्ने तरकारी कम्तिमा आफै उत्पादन गर्न उहाँको सुझाव छ । खुल्ला सीमानाका कारण नेपाल सरकारले प्रतिवन्ध लगाएको विषादी समेत रोक्न नसकिएको भन्दै कर्मचारीले भ्याएसम्म अनुगमन भने गरेको उहाँले बताउनुभयो । ज्ञान केन्द्रले अहिले प्रागारिक खेती प्रणालीलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

 

नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै रानाभाटले पत्रकारहरुलाई जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा अभिमुखिकरण गरेकोमा आभार व्यक्त गर्दै समय धेरै लिएर थप कायृक्रम गर्न सुझाव दिनुभयो । पत्रकारमार्फत हुने सन्देश र जनचेतनाका लागि आफूहरुले कलम चलाउने र समुदायलाई स्वास्थ्य राख्न भूमिका खेल्ने बताउनुभयो । स्वास्थ्य कार्यालयका कर्मचारी शिव शरण पराजुलीले सहजीकरण गर्नुभएको कार्यक्रममा वाली संरक्षण अधिकृत मिरा चौधरी, जिल्लाका क्रियाशील पत्रकारहरुको सहभाीता रहेको थियो ।

Share.

Leave A Reply