दाहाल – नेपाल समूहको बन्दले जनतालाई सास्ती

0

गैँडाकोट, माघ २२ । संवैधानिक निकायहरुमा संविधान मिचेर पदाधिकारी नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आज गरेको आमहडतालले जनजीवन प्रभावित बन्यो । सर्वसाधरणले दुख पाए ।

विहानैदेखि अत्यावश्यक सवारी साधन वाहेक सवै ठप्प पारेका बन्दकर्ताका कारण यात्रुहरु वीच वाटोमानै अलपत्र परेका थिए भने पसल व्यवसाय,उद्योग कलकाराखाना, शैक्षिक क्षेत्र पूर्ण रुपमा ठप्प भए । कतिपय सामाजिक संजालमा बन्द फिर्ता भयो भन्ने थाहा पाएका सर्वसाधरण आफ्नो काममा निस्किएका थिए तर वन्द फिर्ता नभई सवारी साधन नचलेपछि उनीहरुले आक्रोश पोखेका थिए ।

गैँडाकोट सहित नवलपुरमा कुनै पनि अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ भने चितवनमा बन्द अवज्ञा गरेको भन्दै चार वटा ट्रक फुटाएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् । यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । वन्द समुहले काठमाण्डौमा विहानै ट्याक्सी जलाएका थिए ।


दिउसो नारायाण्ी पुलमा रहेको ट्रक खाली ठाउँमा सार्ने प्रहरीको योजनालाई वन्दकर्ताले विफल बनाएका थिए । जिल्ला अध्यक्ष यमबहादुर परियारले संवैधानिक निकायमा असवैधानिक नियुक्ती भएको भन्दै संविधानको रक्षाका लागि बन्द गर्नुपरेको आज विहान विजय एफएमसँगको कुराकानीमा बताउनुभएको थियो । बन्दले पारेको असरवारे क्षमा माग्दै उहाँले यो वाध्यतात्मक कदम भएको बन्द साथ दिन आह्वान गर्नुभएको थियो ।

उता, जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जनकपुरको शिवचोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परी प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते हुनुभएको छ । नेता झाको टाउकोमा चोट लागेको छ भने झडपमा परी प्रहरी जबान लालबाबु राय पनि घाइते हुनुभएको छ ।
यसैविच गृह मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको बताउदै पसल व्यवासाय चलाउन आह्वान गर्दै शान्ति सुरुक्षा दिने बताएपनि त्यसो भएन । जनताले उक्त सूचनामा विश्वस्त हुन नसकेको बताउदै पसल व्यवसाय वन्द गरेका थिए ।

बेलुकी ४ बजेपछि सवारी साधन, होटल र केही किराना खुल्ला भएपनि अन्य पसलहरु भने ठप्पनै देखिन्थे । स्थानीयहरुले बन्द जस्तो जनतालाई दुख दिने कार्यक्रम कदापी नगर्न आग्रह गरेका छन् । उता बन्दको प्रभाव देवचुली नगरपालिकामा पनि परेको छ । बन्दका कारण नगर कार्यपालिकाले आयोजना गरेको सातौँ नगर सभा स्थगित भएको छ ।

सातौँ नगर सभा सुरु हुनै लाग्दा राष्ट्रिय युवा संघ नेपाल नवलपुरका सह–संयोजक चन्द्र रानाभाटको नेतृत्वमा नगरपालिका पुगेको टोलीले नगर सभा स्थगित गर्न अनुरोध गरेपछि माघ २५ गते गर्ने नगरपालिकाले जनाएको छ ।

Share.

Leave A Reply