महिला संजाल गैँडाकोट ४ को छैठौँ साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न

0

माघ २२ । महिला संजाल गैँडाकोट ४ को छैठौँ साधारण सभा तथा वनभोज कार्यक्रम आज सम्पन्न भएको छ ।

शान्ता भुजेलको अध्यक्षतामा र वडाअध्यक्ष कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा जयश्री सामुदायिक वनको होमनाथ स्मृति तथा बाल उद्यानमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा टोलनाथ घिमिरे विशिष्ट अतिथि र वडासदस्य तेजु घिमिरे, कार्यपालिका सदस्य संगिता पण्डित घिमिरे, कमला तिवारी अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै उहाँहरुले महिलाहरुलाई सक्षम बनाउन विभिन्न कार्यक्रम गर्न सुझाव दिनुभएको थियो । संजालाको तर्फबाट भुमिका तिमिल्सिना, सरिता आचार्यले समेत बोल्नुभएको कार्यक्रममा संस्थाको सचिव शोभा घिमिरेले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply