छोराको उपचारका लागि गैँडाकोट ९ की आलेद्धारा सहयोगका लागि याचना

0

प्रेम क्षेत्री,गैँडाकोट,माघ २२ । दुर्घटनामा परि घाईते भएका छोराको उपचारका लागि गैंडाकोट ९ बाँधखोला स्थित भिममाया आले परिवारले सहयोगका लागि याचना गरेका छन् । आर्थिक अवस्था कमजोर रहेको आले परिवारले छोराको उपचारका लागि अपिल गरेका हुन । गत पुष १ गते गैंडाकोट ९ मा भएको दुर्घटनामा भारतिय ट्रकको ठक्करबाट मोटरसाईकलको पछाडी सवार १७ वर्षिय शिशिर आले गम्भिर घाईते भएका थिए । उनको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार पछि मेडीसिटी अस्पताल काठमाडौंमा उपचार चलिरहेको छ ।
उनको उपचारमा हालसम्म ४० लाख खर्च भईसकेको र अझै उपचारका लागि थप रकम आवश्यक भएकाले सहयोगका लागि आले परिवारले आग्रह गरेका हुन् । उपचारर्थ शिशिर आलेकी आमा भिममायाले जग्गा बेचेर छोराको उपचारमा खर्चिए पनि अपुग भएको भन्दै गुहार गर्नुभएको हो । दलदलेमा माईतिले दिएको १ कट्ठा जग्गा बेचेर आएको १५ लाख, गैँडाकोट ९ मा रहेको ७ धुर जग्गा बेची आएको १३ लाख र बाँकी घर सहितको केही जग्गा सहकारीमा धितो राखेर १० लाख गरि ३३ लाख खर्च गरिसकेको उहाँले बताउनुभयो । १ लाख स्थानीय तथा विभिन्न चन्दादाताको सहयोगमा उठे पनि छोराको थप उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।
आलेको मेरुदण्ड भाँचिएको र हातमा चोट लागेको अवस्थामा काठमाडौंमा उपचार चलिरहेको छ । ठक्कर दिने भारतिय ट्रक ईलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेपनि चालक भने फरार रहेका छन् । सवारीधनि सम्पर्कमा नआएको र प्रहरीले खोेजीका लागि पहल नगरिदिएको परिवारजनले बताएका छन् ।

Share.

Leave A Reply