चितवन तथा नवलपुरमा बन्दको प्रभाव

0


माघ २२, गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समूहले आह्वान गरेको आमहड्तालको असर चितवन तथा नवलपुरमा पनि परेको छ ।
चितवनको पुल्चोकमा जम्मा भएको नेता कार्यकर्ताले अत्यावश्यक सवारी साधन बाहेक अन्य सबै ठप्प पारेका छन् । कडा रुपमा सुरक्षा व्यवस्था रहेको पुल्चोकमा बन्दकर्ताहरुले असंवैधानिक कदम खारेज गर्न र संविधानलाई सहि मार्गमा ल्याउन बन्द गर्नुपरेको बताएका छन् । नेकपाका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियारले संविधान विपरीत संवैधानिक परिषद्का आयोगहरुमा गरिएको नियुक्ति र संसद विघटन फिर्ता हुनुपर्ने मुख्य माग सहित सडकमा आएको बताउँदै बन्दबाट पर्न गएको समस्याप्रति क्षमा माग्दै आज एक दिन सहेरै भएपनि संविधानलाई बचाउने आन्दोलनमा सहयोग गर्न आह्वान गर्नुभयो ।


पुल्चोकमा नेकपाकी केन्द्रीय सदस्य एवम् भरतपुर महानगरप्रमुख रेनु दाहाल, प्रदेश सभा सदस्य घनश्याम दाहाल लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको छ ।
यसैबिच चितवनमा पनि नेपाली सेनाको बख्तरवन्ध गाडीको प्रदर्शनी गरिएको छ । पुल्चोक हुँदै नेपाली सेनाले उक्त गाडी घुमाएको थियो ।


त्यस्तै नवलपुरमा पनि बन्दको प्रभाव परेको छ । नवलपुरको गैँडाकोट, कावासोती, चोरमारा लगायत मुख्य राजमार्गका मुख्य स्थानमा नेकपाका कार्यकर्ताले बन्द सफल गराउन सडका उत्रिएका छन् । सडकमा जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्ताको उपस्थिती रहेको छ । शैक्षिक संस्था बन्द रहेका छन् भने मुख्य बजार क्षेत्रमा पसलहरु समेत बन्द रहेका छन् । सार्वजनिक सवारी साधनलाई ठाउँठाउँमा रोकिएको छ ।

Share.

Leave A Reply