नारायणीबाट महिलाको शकुसल उद्दार

0

गैँडाकोट, माघ २१ । नारायणी नदीमा हामफालेकी महिलाको शकुसल उद्दार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रुपन्देही देवदह ६ बस्ने महिलाको शकुसल उद्दार गरिएको हो । ५४ वर्षीय उनको झोला र सल देखेपछि हामफालेको आशंकामा खोजी गरिएको थियो ।

वडाप्रहरी, शसस्त्र, आइस्मा मोटर वोट र स्थानीयले पानीको सतह कम भएको ठाउँमा डोरी समाएर बसेको अवस्थामा उद्दार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिनुभयो ।

उनलाइ अहिले उपचारका लागि अस्पताल लगिदै छ । झोला ७ बजेर ४० मिनेटर तिर फेला परेको र सवा ८ मा उद्दार गरिएको हो । हामफालेको कारण वारे थप अनुसन्धान भइरहेको छ ।

Share.

Leave A Reply