देवचुलीमा जनता समाजवादी पार्टीको कार्यालय उद्घाटन, आन्दोलनको आँधीवेहरी ल्याउनुपर्छ : डा भट्टराई

0

गैँडाकोट, माघ २१ । देवचुलीमा जनता समाजवादी पार्टीको कार्यालय उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री एवम संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी कार्यलयको उद्घाटन गर्नुभएको हो ।

यसैविच भट्टराईले आन्दोलनको आँधीबेहरि नल्याएसम्म पुस ५ गतेको प्रतिगमन नसच्चिने बताउनुभएको छ । भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्र नष्ट गर्ने तानाशाहहरुले चुनाव नगराउने भन्दै वैशाख १७ र २७ गते केपी शर्मा ओलीले चुनाव नहुने बताउनुभयो । आगामी फागुन पहिलो हप्तादेखि वृहत आन्दोलन सुरु हुने र त्यसबाट ओलीको असवैधानिक कदम सच्याउने दावी गर्नुभयो ।
उहाँले प्रधानमन्त्री केपी ओलीको पुस ५ गतेको कदमलाई राजा महेन्द्र र ज्ञानेन्द्रको झल्को दिने खालको गतिविधि भनेर टिप्पणी गर्नुभएको छ । ओलीमा अलोकतान्त्रिक तथा निरङकुशतावादी, फासीवादउन्मुख चरित्र भएको जीकिर गर्नुभयो ।

संसद पुनस्थापना नभए नेपालमा बाह्रय हस्तक्षेपको खतरा बढेको र अस्थिर हुने भन्दै कदम सच्याउन सवै लाग्नुपर्नेमा उहाँको जोड थियो । साथै आफ्नो पार्टीको एकता प्रकृयामा ढिलाई भएको भन्दै त्यसलाई तिव्रता दिने बताउनुभयो ।

Share.

Leave A Reply